निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियान ४२० औँ हप्तामा

काठमाडौँ, नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ ।

वाग्मती सफाइ महाअभियानको ४२०औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल र काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीले सफाइ गर्नुभएको छ । निषेधाज्ञा र कोरोनाबाट निधन भएकाको शवदाह जारी रहेकाले पशुपतिक्षेत्रको आर्यघाटमा धेरै फोहर देखिएको छ ।

शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । दुवै स्थानमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ । यसैगरी उपत्यकाका अन्य स्थानमा पनि नदी किनार नजीक निवास भएका अभियानकर्मीले स्थलगत रुपमै र अन्य घरअघिको टोल क्षेत्रमा सफाइ गरेको जनाइएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर परिसरबाट शुरु गरिएको थियो । महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी, चक्रपथ गरी २० स्थानमा सफाइ भइरहेको छ । यसैगरी उपत्यकाबाहिरका मुख्य नदी, शहर र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ अभियान शुरु भएको छ । उपत्यका बाहिर करीब १०७ स्थानमा सफाइ भइरहेको छ ।

सफाइ महाअभियान शुरु भएदेखि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जारी छ । चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि महाअभियान जारी छ ।

महाअभियानले कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने उद्देश्यले प्रत्येक दिन बिहान साढे ६ः०० बजेदेखि साढे ७ः०० बजेसम्म प्राणायाम, योगजस्ता अभ्याससमेत गराइरहेको छ । यसैगरी प्रत्येक हप्ता विज्ञ चिकित्सक एवं कोरोना भई सफलतापूर्वक उपचार सम्पन्न गरी जितेकासँग अन्तरक्रिया गरी जागरण फैल्याइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖