प,हिराले ब,गायो भेडा, बाख्रा र भैंसी

गोरखा, गोरखाको धार्चे गाउँपालिका–१, हुलचुकमा चराउँदै गरेका ३० भन्दा बढी भेडालाई पहिराले बगाएर बेपत्ता बनाएको छ । गाउँदेखि झण्डै तीन घण्टाको पदैल दुरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनाएको हो ।

घटना गत बिहीबार बिहान करीब १० बजेको समयमा भएपनि खर्कबाट गाउँमा जानकारी ढिलो गरी आएको वडाध्यक्ष दिलिप गुरुङले बताउनुभयो ।

‘‘ठूलो पानी परेपछि गोठालाहरु ओडारमा बसेका बेला एक्कासी आएको पहिराले भेडा बगाएको जानकारी आएको छ”, उहाँले भन्नुभयो, “करीब १२० ओटा भेडामध्ये ३० वटाभन्दा बढीलाई पहिराले बगाएको गोठालो बताएका छन् ।’’

स्थानीयबासी राजु घले र लेक्पा घलेको भेडा पहिराले बगाएको उहाँको भनाइ छ । लगातार पानी परेकाले पहिरामा पुरिएका भेडा निकाल्न नसकेको जानकारी आएको वडाध्यक्ष गुरुङले बताउनुभयो।

यस्तै सहिद लखन गाउँपालिका–७, बुङकोटमा गएराति माथिबाट खसेको पहिरोले गोठ पुरिदा गोठमा भएका दुई भैसी, तीन बोका बाख्रा पुरिएर म,रेका छन् ।

स्थानीयबासी धनबहादुर श्रेष्ठको गोठमा माथिबाट पहिरो खसेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । लगातार पानी परेकाले राति पहिरो हटाउन नसकिएपछि आज बिहान एक्साभेटरको सहायताले पुरिएको पशु चौपाया निकालिएको उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।