फलफूल पसलमा अनुगमन

मध्यपुरथिमि, भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज यहाँका फलफूल पसलमा अनुगमन गरेको छ ।

फलफूलमा जथाभावी, मनपरी मूल्य बढाएर महँगोमा फलफूल बिक्री गरेकाले अनुगमन गरेको गोराले बताउनुभयो ।

अनुगमनमा सबै व्यापारीलाई पसल सफा राख्न, पसल दर्ता र नवीकरण गर्न, तराजु नाप तौल विभागबाट नवीकरण गर्न, मूल्यसूची राख्न, महँगोमा बिक्री नगर्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ ।

अनुगमनमा कमलविनायक एसराज फलफूल पसलमा १५, कमलविनायक तरकारी तथा फलफूल पसलमा २०, क्लासिक फुड्स सपमा १०, सुवास फलफूल पसलमा १५, हरिन्द्र फलफूल पसलमा १८, सन्तोष फ्रुट सेन्टरमा तीन र एसपी जुस सेन्टरमा पाँच किलो बिग्रेको फलफूल जफत गरी नष्ट गरिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।