तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि

दमौली, ढुङ्गा, गिटी र बालुवा उत्खनन्का लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा तीनपटक सूचना प्रकाशित गर्दा बोलपत्र नपरेपछि गाउँपालिकाले प्रकृया मिलाएर सन्ध्या सन्देश निर्माण सेवालाई उत्खनन्को अनुमति दिएको हो ।

गाउँपालिकाले २०७७ माघ १४, फागुन १३ र २०७८ वैशाख ६ गते सूचना प्रकाशित गरेको थियो । तीनैपटक कसैको बोलपत्र नपरेपछि उक्त कम्पनीलाई रु ३० लाखमा अनुमति दिइएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा पनि ढुङ्गा, गिटी, बालुवा उठाउन सोही कम्पनीले ठेक्का पाएको थियो । कोरोना कहर र निषेधाज्ञाका कारण नदीजन्य पदार्थ सङ्कलन नभएपछि गाउँपालिकालाई राजश्व घाटा लागेको थापाले बताउनुभयो ।

नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा देवघाटस्थित स्वतन्त्र युवा समूहले विरोध जनाएका छन् । स्थानीयवासीको विरोध रहिरहे आगामी आर्थिक वर्षमा पनि ढुङ्गा, गिटी, बालुवाको ठेक्का नलाग्ने निश्चित भएकाले सचेत हुन थापाले आग्रह गर्नुभयो । उहाँले खुल्ला र प्रतिस्पर्धात्मक रुपमा घाट बोलपत्रमा लैजाने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

नदीजन्य पदार्थ उत्खनन्बाट सङ्कलित राजश्वको ४० प्रतिशत प्रदेश सरकारलाई र बाँकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा विकासका काममा लगानी गरिने थापाले भन्नुभयो । “देवघाट गाउँपालिकाको वनपैदावर, ढुङ्गा, गिटी, बालुवा, विकास निर्माण कार्यमा देवघाटका युवालाई प्राथमिकता दिन्छौँ,” उहाँले भन्नुभयो ।

देवघाटस्थित स्वतन्त्र युवाहरुको समूहले भने जथाभावी रुपमा उत्खनन् गरेको भन्दै गाउँपालिकासमक्ष विरोधपत्र बुझाएका छन् । गाउँपालिकाका मुख्य घाटहरुबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन् रोक्न माग गर्दै विरोधपत्र बुझाइएको युवा गणेश थापाले बताउनुभयो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।