कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनीयर पक्राउ

रोल्पा, रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् ।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिनुभयो ।

“सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा संवेदनशील अङ्गमा सुमसुम्याउँदै जबर्जस्ती करणी गर्न खोजेको भन्ने पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्”, प्रहरी नायब उपरीक्षक सुवेदीले भन्नुभयो ।

सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो हर्कत गर्नु अत्यन्तै जघन्य अपराध भएकाले प्रहरीले अत्यन्तै संंवेदनशील भई कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । “पक्राउपछि इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका पौडेललाई जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान थालिएको छ”, सुवेदीले भन्नुभयो ।

एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले करणी प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ । युवती कोरोना सङ्क्रमित रही होम आइसोलेशनमा बस्दै आएकी थिइन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।