रुखबाट ख,से,र बालकको मृ,त्यु,
गोरखा, धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट ख,से,र मृ,त्यु, भएको छ । घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृ,त्यु, भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
रुखबाट खसेर ग,म्भी,र घा,इ,ते भएका घलेको गोरखा अस्पतालमा उपचारका क्रममा गए राति मृ,त्यु, भएको उहाँले बताउनुभयो ।
घटनालगत्तै उद्धार गरी स्थानीय गाउँघर क्लिनिकमा उपचारपछि घा,इते बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । बालकको रुखबाट खसेर करिब १५ फिटमुनि भिरमा पुगेको अवस्थामा उद्धार गरिएको स्थानीयवासीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस
डोटी,कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण समस्यामा परेका यहाँका २७ विपन्न घरपरिवारलाई राहतका लागि खाद्यान्न वितरण गरेको छ ।
दिपायल सिलगढी नगरपालिकाको समन्वयमा गैरसरकारी संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले निषेधाज्ञाका समयमा हातमुख जोर्न समस्यामा परेका घरपरिवारलाई खाद्यान्नलगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो ।
उनीहरुलाई प्रतिपरिवार एक बोरा चामल, दुई किलो दाल, दुई किलो नुन, साबुन, स्यानिटाइजर, दुई लिटर खानेतेल, मास्कलगायतका सामग्री वितरण गरिएको प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति लोकबहादुर थापाले जानकारी दिनुभयो ।
यसैगरी उक्त संस्थाले जिल्ला अस्पताललाई समेत कोरोना महामारीबाट बच्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्ला अस्पताललाई पाँचवटा पल्स अक्सोमिटर, २० पिपिई सेट, १० डिजिटल थर्मोमिटर, एक थान थर्मलगन, पाँचवटा स्टिमर, पाँच जोर गमबुट, ५० वटा फेसशिल्ड, १० बोतल स्यानिटाइजर, दुई हजार सर्जिकल मास्कलगायतका सामग्री हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।


