भाइको ह,त्या आ,रोपमा दाइ र भतिज प,क्रा,उ

महोत्तरी, आफ्नै भाइको ह,त्या आरोपमा दाइ र भतिज प,क्रा,उ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको ह,त्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको हो ।

उमेश मृ,त,क लक्ष्मणका आफ्नै भतिज हुन् ।

गत बुधबार घरमा कूलदेवताको स्थान र पूजा आराधना विषयमा दाजुभाइबीच भएको विवाद झडपमा परिणत हुँदा लक्ष्मण घा,इते भएका थिए ।

उपचारका लागि काठमाडौँ पठाइएका लक्ष्मणको उही शुक्रबार मृत्यु भएपछि आज विवाद र झडपमा संलग्न दुई जनालाई प,क्रा,उ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा पेश गरी हिरासतमा राखी अनुसन्धान गर्ने म्याद लिइएको प्रहरीले जनाएको छ ।

मृ,त,कको श,व काठमाडौँमै पोष्टमार्टम (शव परीक्षण)गरी अन्तिम संस्कारका लागि भ्रमरपुरा ल्याइएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।