कृषि पर्यटकको पर्खाइमा एकीकृत नमुना सहकारी खेती

झापा, १ असोज । सरकार २०७५ सालमा पहिचान गरेका १०० गन्तव्यमध्ये एक हो, गौरादहको नमुना एकीकृत सहकारी खेती । ७४ घरपरिवार किसानले ८० विघा क्षेत्रमा गरेको नमुना खेतीका कारण यस ठाउँलाई सरकारले कृषि पर्यटनका रूपमा छनोट गर्‍यो ।

कृषि पर्यटकीय क्षेत्रका रूपमा छनोट भएपछि राज्यले यसको विकासका लागि दुई करोड १५ लाख रुपैयाँ लगानी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको उक्त बजेटबाट पाहुना घर निर्माण गरिएको गौरादह- ५ मा रहेको नमुना एकीकृत सहकारी खेतीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिए ।

सेमिनार हलसहितको पाहुना घर निर्माण सम्पन्न भएको छ । तर, कोरोना महामारीका कारण कृषि पर्यटक भने आउन पाएका छैनन् । ‘सबै निर्माणको काम सकिएको छ । अब कृषि पर्यटकको पर्खाइमा छौँ हामी’, उनले भने, ‘कृषिका क्षेत्रमा केही गर्ने लक्ष्यका साथ हामीले काम गरिरहेका छौँ । कृषिलाई उद्योगसँग जोड्नुपर्छ भन्ने पनि हाम्रो उद्देश्य हो ।’

७४ परिवारको ८० विघा जग्गा एक ठाउँमा बनाएर गरिएको सामूहिक खेती यस प्रदेशमै एक मात्र भएको दाबी गर्छन् अध्यक्ष चापागाईं । यस खेतीमा ४० परिवारले प्रत्यक्ष रोजगारी पाएका छन् । यहाँ काम गर्ने कृषकलाई प्रतिघण्टा ७० रुपैयाँ ज्याला दिइँदै आएको अध्यक्ष चापागाईंले जानकारी दिए ।

‘केही परिवार खेतीसँगै रोजगारी पनि गर्नुहुन्छ । खेती नभएकाले यसमा रोजगारी गरेर पनि योगदान गर्न पाउनुहुन्छ’, उनले भने, ‘केही परिवारले खेत दिनुभएको छ । तर, उहाँहरू यहाँभन्दा अन्तै बस्नुहुन्छ । उहाँहरूले संस्थालाई भएको मुनाफाको प्रतिशत प्रत्येक वर्ष पाउनुहुन्छ ।’

खेतीमा हाइब्रिड मकै, धानलगायतको बिउ उत्पादन र अनुसन्धानसमेत सुरु गरिएको छ । गाई पालनबाट दूध उत्पादन, अचार उत्पादनलगायत कृषि उद्यमको काम भइरहेको उनले बताए । यही हेर्न र अध्ययनका लागि सहकारी र विभिन्न समूहबाट पर्यटक आउने भएकाले संघीय सरकारको सहयोगमा पाहुना घर निर्माण गरिएको अध्यक्ष चापागाईंले बताए । पर्यटकले यहाँ शुल्क तिरेर बस्नुपर्छ ।न्युज कारखाना

‘कृषि पर्यटनले कृषिलाई औद्योगीकरण गर्न ठूलो सहयोग पुग्छ । यसलाई हामीले अनुभव आदानप्रदानको थलो बनाउने तयारी पनि गरेका छौँ’, उनले भने, ‘यो कृषि पाठशाला बन्छ ।’

यहाँको सामूहिक खेती हेर्न विगतदेखि नै पर्यटक आउने गरेका थिए । तर, ग्रामीण क्षेत्रमा बस्ने असुविधा थियो । यो अवस्थामा अवस्थामा पाहुना घर निर्माणले ठूलो सहयोग पुगेको सहकारी खेतीकी सदस्य सकुन्तला घिमिरेले बताइन् । ‘हाम्रो मुख्य पेसा त धेरै पहिलादेखि नै कृषि हो । तर, विगतमा यसरी व्यावसासयिक गरेका थिएनौँ । हामीले पनि चासो देखाएर सामूहिक खेती सुरु गर्‍यौँ । ग्रामीण क्षेत्रको मुख्य पेसा कृषि भए पनि यसलाई पर्यटनसँग जोड्ने कार्य भने न्यून छ’, उनले भनिन्, ‘यसमा हामीलाई राज्यको तर्फबाट पनि ठूलो सहयोग भयो । राष्ट्रपति विद्यादेवी भण्डारी नै यहाँ आएर अवलोकन गर्नुभयो । सरकारले पनि पर्यटनका १०० गन्तव्यमा समावेश गर्‍यो । कृषिबाट पनि केही गर्न सकिन्छ कि भन्ने आस पलाएको छ ।’

सहकारी खेतीले केही वर्षदेखि मकैको हाइब्रिड बिउ उत्पादन गर्दै आएको छ । उक्त बिउ झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहादेखि वीरगंजसम्म जाने गरेको अध्यक्ष चापागाईंले बताए । तर, हाइब्रिड बिउको बीमा दाबी नहुँदा समस्या रहेको उनी बताउँछन् । ‘समग्रमा बालीको बीमा हुन्छ । बीमा पाउनका लागि प्राकृतिक कारण बालीमा क्षति भएको हुनुपर्छ’, उनी भन्छन्, ‘तर, हाइब्रिड बिउलाई प्राकृतिक कारणले मात्र बिगार्दैन । कहिलेकाहीँ आफैँ पनि बिग्रन्छ । त्यस बेला बीमाबापतको रकम पाइँदैन । यसतर्फ राज्यले पनि ध्यान दिए हुने भन्ने हो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।