लोडसेडिङले कक्षा १२ को वार्षिक परीक्षा आधा घण्टा ढिलो सञ्चालन

सुरेस परियार/हुम्ला, १ असोज । जिल्ला सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा विद्युत अवरुद्ध हुँदा आधा घण्टा ढिलो गरी कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको छ ।

बुधबार रातिदेखि विद्युत सेवा बन्द हुँदा समयमै प्रश्नपत्र इमेलमार्फत डाउनलोड गरी प्रिन्ट गर्न नसकेर केही ढिला भएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले जानकारी दिए ।

यो वर्ष कक्षा १२ को परीक्षार्थीका लागि प्रश्न पत्र परीक्षाभन्दा आधा घण्टा अगाडि मात्रै आउने भएका कारण सिमकोटमा लोडसेडिङले परीक्षार्थीलाई थप समस्या बनाएको छ । कर्णाली माध्यामिक विद्यालय र मालिका माध्यामिक विद्यालयको परीक्षा केन्द्रका परीक्षार्थीले पनि मानसरोवर माध्यामिक विद्यालयबाट परीक्षा दिइरहेका छन् ।

मानसरोवरसहित तीनवटै परीक्षा केन्द्रका परीक्षार्थीले विद्युत, इन्टरनेटलगायतका समस्याका कारण एउटै विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्ने बाध्यता रहेको छ ।

मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष शाहीले राष्ट्रिय परीक्षा बोर्डबाट प्रश्नपत्र ढिलोगरी मेलमा आउनु र विद्यालयमा पावरको समस्याले बजारमा मेल चेक र प्रिन्ट गर्नुपर्ने भएपछि परीक्षा निर्धारित समयभन्दा ढिलो भएको बताए । परीक्षाको पहिलो र दोस्रो दिनको परीक्षा आधा घण्टा ढिलो सञ्चालन भएको उनको भनाइ छ ।

परीक्षा ११ बजेबाट सञ्चालन गर्ने कार्यतालिका भए पनि हुम्लामा साढे ११ बजेबाट सुरु भएको थियो । यस्तै गाउँघरबाट कक्षा १२ को परीक्षा दिन सदरमुकाम सिमकोटमा पुगेका परीक्षार्थीलाई विद्युत नहुँदा रातीको समयमा अध्ययन गर्न समस्या भएको छ । परीक्षा दिएर राम्रो नम्बर ल्याउनका लागि सहभागी भए पनि विद्युत नहुँदा थप समस्या बनाएको उनीहरुले गुनासो गरेका छन् ।

हिल्दुम वितरण केन्द्रले मर्मत कार्य जारी भएकाले अझै केही दिन मर्मत नहुँदा सम्म राति १० बजेदेखि विहान ५ बजेसम्म विद्युत आपुर्ति नहुने भएको जनाएको छ । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।