विराटनगरको पहिलो जित, काठमाडौं पराजित

काठमाडौं, १७ असोज/विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा विराटनगरले काठमाडौं किङ्स इलेभनलाई ७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।

१०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको काठमाडौं ७९ रनमा रोकियो । निर्धारित ८ ओभरमा काठमाडौंले ३ विकेट गुमाउँदै जम्मा ९७ रन बनाउन सक्यो ।

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको हो । निर्धारित समयमा टस हुन नसकेपछि खेल ८ ओभरमा झारिएको हो । राति परेको वर्षाको कारण मैदानको आउटफिल्ड ओसिलो भएपछि खेल ८ ओभरमा छोट्याइएको थियो ।

काठमाडौंको लागि रहमानुल्लाह गुर्बाजले सर्वाधिक २८ रन बनाए ।यस्तै सुभाष खकुरेलले २६ रन बनाउँदा राजु रिजालले २४ र रायल बर्लले १५ रन बनाए ।

विराटनगरको रायन पाठनले २ विकेट लिए भने प्रतिश जिशीले एक विकेट लिए । यसअघि विराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाए ।

अविजित रहेका अनिलले १६ बल खेल्दै २ चौका र ५ छक्का हिर्काएका थिए । यस्तै रायन पाठनले ३० रन बनाएका थिए । ११ बल खेलेका ओपनिङ ब्याटर रायनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै यस्तै कप्तान करण केसीले १५ रन बनाए ।

यता, टस जितेर बलिङ गरेको काठमाडौंको लागि गुल्शन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट लिए ।

जितसँगै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको छ । ५ खेल खेलको विराटनगरको २ अंक प्राप्त गरेको छ । यता, काठमाडौंले २ खेलबाट १ जित र १ हार व्यहाेर्दै २ अंक जोडेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।