पोखराले उपाधिका लागि चितवनलाई ११२ रनको लक्ष्य दियो

काठमाडौँँ, २३ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जीतका लागि ११२ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको योगफल बनायो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाउदा रिचार्ड लेभीले २६ रन जोडे ।

त्यसैगरी विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२, किशोर महतोले १, विवेक यादवले ४, रित गौतमले २, सहन अर्चाचिगेले २ तथा बिक्रम सोबले १ रन जोडे भने लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए ।

पोखरालाई सस्तैमा समेट्नेक्रममा चितवनका कमल सिंह ऐरी एकक्लैले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २÷२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालको नाममा १÷१ विकेट रह्यो ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । चितवन अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।