आलु उत्पादनमा सुधार आएसँगै कृषक फुरुङ्ग

दिलकुमार लिम्बु/ताप्लेजुङ, ३१ असोज । आलुको भण्डारणको उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा र ६ वडा नम्बर घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमि आए पछि निराशा भएको कृषक यस सिजनमा आलुको उत्पादनमा सुधार आएसंगै कृषको आशा पलाएको छ ।

फक्ताङलुङ गाउँपालिका—६ का स्थानीय पेमा शेर्पाले आठ मुरी (एक मुरीमा २० पाथी हुन्छ) आलु गत असारमा रोपेकी थिइन् । गत साता आलु खन्दा २० मुरी आलु जम्मा गरिन् ।

सोही गाउँका उटुक शेर्पाले पाँच मुरी आलु रोपेकोमा गत हप्ता खन्दा १५ मुरी जम्मा भयो । हिमाली क्षेत्र भएकाले याङमा र घुन्सा क्षेत्रमा अन्य खेतीपाती नहुने भएकाले यस क्षेत्रमा मुख्य बालीको रुपमा आलु खेती गर्दै आएको छन् । वितगका वर्षहरूमा राम्रो आलु उत्पादन हुदै आए पनि गत वर्षदेखि याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादनमा कमि आएको स्थानीय उटुक शेर्पाले बताए ।

आलुको भण्डारणको रूपमा रहेको घुन्सा क्षेत्रमा गतवर्ष आलु बिऊको अभाव भएको थियो । बिऊ रोपेको जति पनि उत्पादन नभएपछि जिल्ला बाहिरदेखि आलु बिऊ ल्याएर रोपेको स्थानीय पेमा शेर्पाले बताइन् । तर, गत वर्ष भन्दा यो वर्षमा केही सुधार आएको घुन्साका स्थानीयवासीको भनाई रहेको छ ।

आलुको व्यापार

याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु मंसिरको तोस्रो सातादेखि याङमा क्षेत्रका आलु कृषकहरूले याङमादेखि दुई दिन याकमार्फ ढुवानी गरेर चेने सम्म पुर्‍याउने गर्छन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि आलु कृषकहरू तयारी हुन्छ ।

आलु बिऊका लागि तल्लो क्षेत्रका समूदायरुले कोदो, मकै लागयतका अन्न बोकेर दुई चार दिन पैदल यात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछ । घुन्सा क्षेत्रका आलु व्यापारीक केन्द्र फले पुग्ने गर्दछ । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथी सम्ममा साट्ने प्रचलन छ ।

गत वर्ष याङमा र घन्सा क्षेत्रमा आलु उत्पादन कमि आएसँगै आलुको त्यती व्यापार नभएको याङमाका ठावा शेर्पाले बताए । विगतका वर्षहरूमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको शेर्पाको भनाइ छ । आलु उत्पादनमा सुधार आएसंगै आलु कृषकहरूमा आशा पलाएको स्थनीयको भनाइ छ ।

तर, यी क्षेत्रहरूमा कति आलु उत्पादन हुन्छ भनेर तथ्याक संकलन नभएको फक्ताङलुङ गाउँपालिकाका कृषि शाखाका प्रविधिक सहायक ओम प्रकाश शर्माले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।