घर बनाउँदै हुनुहुन्छ ? सिमेन्ट गुणस्तरीय छान्नुहोस्

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष बसेर कमाएको पैसाले उनले चार जनाको परिवारको लागि घर बनाउने तयारी थालेका हुन् । तर घर कसरी बलियो र राम्रो बनाउन सकिन्छ भन्ने उनको चासो र चिन्ताको विषय हो ।

‘विदेशमा मेहनत गरेर कमाएको पैसाले घर बनाउन लागेको छु,’ उनले भने, ‘घर राम्रो, बलियो होस् भन्ने चाहना छ, तर के गर्ने आइडिया छैन ।’

विराटनगरकी मिना गुरुङले पनि यो वर्ष घरको तला थप्दै छिन् । तल्लो तला बनाएको १० वर्षपछि उनले तला थप्न लागेकी हुन् । तल्लो तलाको सिमेन्ट प्लास्टर उप्किएर भत्किन थालेपछि उनी यो पटक भने निर्माण सामाग्रीको स्तरीयतामा विशेष ध्यान दिने पक्षमा छिन् । ‘घर बनाइसकेपछि पटक पटक मर्मत गर्नुपर्‍यो भने निकै समस्या हुने रहेछ,’ उनले भनिन् ‘भनेको बेलामा पैसा पनि नहुने अनि समय पनि नहुने हुँदा बनाउँदै दह्रो घर बनाउनुपर्ने रहेछ ।’

नेपालमा घर निर्माण तीव्र रूपले हुन थालेपछि निर्माण सामाग्रीको गुणस्तरीयतामा पनि प्रश्न उठ्न थालेको छ । खास गरी घर बनाउँदा प्रयोग हुने सिमेन्ट, छड, रङ, काठहरूको गुणस्तर निकै विचार गर्नुपर्ने विज्ञको सुझाव छ । त्यसमा पनि इँटा, ढुङ्गा, बालुवा तथा रडलगायत सबै निर्माण सामाग्रीलाई जोड्ने सिमेन्ट अझ गुणस्तरीय हुनुपर्छ ।

‘घर बनाउँदा सिमेन्टको गुणस्तरमा सम्झौता गर्नु भनेको दीर्घकालीन समस्या व्यहोर्नु हो,’ बन्धन सिमेन्ट उत्पादन गरिरहेको नेपाल अल्ट्राटेक सिमेन्ट प्रा।लिका अध्यक्ष मनिष कुमार मारु भन्छन्, ‘सिमेन्ट छनोट गर्दा लापरबाही गर्नु हुँदैन ।’

गुणस्तरीयताकै लागि बन्धन सिमेन्टको उत्पादनमा विशेष जर्मन प्रविधि र विशेष ल्याब स्थापना गरेको उनले जानकारी दिए । यस्तो प्रविधि र ल्याबका लागि करोडौँ खर्च गरिएको छ भने ल्याब सञ्चालनको लागि दक्ष प्राविधिकहरूलाई राखिएको छ । उनीहरूले सिमेन्टको गुणस्तरलाई बारम्बार जाँच गरिरहन्छन् ।

‘हरेक पटक सिमेन्ट उत्पादन गर्दा प्रत्येक लटमा ल्याब परीक्षण हुन्छ,’ कम्पनीका प्लान्ट म्यानेजर इन्जिनियर अखिलेश कुमार सिंह भन्छन्, ‘कमजोरी देखिए तत्काल सच्याउँछौँ ।’ उनी थप्छन् ‘गुणस्तरलाई वास्ता नगर्ने भएको भए हामी ल्याब सेटअप नै गर्दैनथ्यौ ।’

गुणस्तर सुनिश्चितता गरेकै कारण बन्धन सिमेन्टको माग बढ्दो छ । विराटनगरमा मुख्य कार्यालय रहेको कम्पनीले हात्तीमुढामा पूर्वकै ठुलो फ्याक्ट्री सञ्चालन गरेको छ । लकडाउनको अवधिमा पनि कम्पनीले उत्पादनलाई निरन्तरता दिएको थियो ।

अत्याधुनिक जर्मन टेक्नोलोजीको प्रयोग गरेर उच्चस्तरीय ओपीसी, पीएससी र पीपीसी गरी तीन किसिमको सिमेन्ट उत्पादन गर्दै आएको बताउँदै मारुले आफूहरू ग्राहकको सन्तुष्टि र सुरक्षामा सजग रहेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।