नेता शर्माद्वारा कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

गण्डकी, १३ मङ्सिर ।नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । पोखरामा आज एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उहाँले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।
पार्टीभित्रका अव्यवस्थाका कारण पार्टीलाई मात्र नभइ राष्ट्र र प्रजातन्त्रका लागि असर पारेको जनाउँदै उहाँले ती अव्यवस्थालाई हटाउँदै सङ्गठन मजबुत बनाएर आसन्न तीनवटै तहका निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आफूले प्रदेश सभापतिको जिम्मेवारी लिन लागेको स्पष्ट पार्नुभयो ।विसं २०४६ देखि २०६१ सम्म नेपाली कांग्रेस कास्कीको पार्टी सभापतिको जिम्मेवारी सम्हालेका शर्माले २०४६ सालको प्रजातन्त्र पुनःस्थानपनाको आन्दोलन एवं २०६२÷६३ को जनआन्दोलनमा सक्रियता रहनुका साथै जेल जीवन बिताउनुभएको थियो । उहाँ २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य, २०२६ मा तरुण दल कास्कीको अध्यक्ष, पार्टीको जिल्ला सदस्य, सचिवलगायत विभिन्न पदमा रही काम गर्नुभएको छ । । उहाँले राष्ट्रियसभा सदस्यको जिम्मेवारी पनि सम्हाली सक्नुभएको छ ।

पाँच महिनाअघिदेखि रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण अलपत्र
– सुभानु आचार्य,ललितपुर, १३ मङ्सिर । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माणको काम पाँँच महिनाअघिदेखि अघि बढेको छैन । मन्दिर निर्माणमा आवश्यक कच्चापदार्थ जोहो गर्दागर्दै गत साउनदेखि आजसम्म एक पनि इँटा थप्ने काम भएको छैन । मच्छिन्द्रनाथ पुनःनिर्माणमा लाग्ने करिब १४ हजार डाँछी इँटा बनाउन दिइरहेकाले पुसको पहिलो हप्ताबाट मन्दिरको काम थालिने मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताउनुभयो ।उहाँले भन्नुभयो, “मन्दिरका लागि चाहिने झ्याल, तोरण तथा काठ र बुट्टाहालेका इँटा आदि विभिन्न सामग्री व्यवस्थापनमा समय खर्च भइरहेको छ, समितिका सदस्यलाई सामग्री जोहो गर्ने काममा एक दिन पनि फुर्सद छैन, तर यसअघि साउनमा गरिएको २० फिट गारो लगाउने काम klg अघि बढेको छैन ।”

मन्दिरमा प्रयोग गरिने एक प्रकारका] १७६ इँटा तयार भइरहेको शाक्यको भनाइ छ । “मच्छिन्द्रनाथको मन्दिर वरिपरि अन्य आठ मन्दिर निर्माण गर्नुपर्ने हुँदा यसका लागि सामग्री भने जोहो गरिसकेका छौँ”, उहाँले थप्नुभयो, “हामीले मन्दिरमा प्रयोग गरिने इँटामा लेउ नलागोस भनेर रसायन आदि हालेर निर्माण गराइरहेका छाँै ।” अब मन्दिर पुनःनिर्माणको काम अघि बढाएपछि एकै पटक सम्पन्न हुने शाक्यको भनाइ छ ।बुङ्मति क्षेत्रमा तीन नाम चलेका धरोहर मच्छिन्द्रनाथका साथै मनकामनामाई र ह्यङ्ग्री वभैरवमार दुई निर्माण सम्पन्न भइसक्दा मच्छिन्द्रनाथको काम अझै अलपत्र रहँदा अन्तरराष्ट्रियस्तरमा लज्जाको विषय बनिरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ३२ पानेजु सङ्का अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “कोही कसैले त बुङ्मति आएर हामी पूजारीलाई मन्दिर निर्माणअघि बढाउन चन्दा लिनुहोस्समेत भनेर जाने गरेका छन्, तर हामी पूजारीले दाताबाट रकम लिएर बनाउन मिल्दैनौँ ।”

मुलुकमा कोरोना महामारी नियन्त्रण भएर स्वदेशीका साथै विदेशी पर्यटक बुङ्मति घुम्न आउँदा मन्दिरका विषयमा आफूलाई प्रश्न गर्ने गरेको र लाजले उत्तरसमेत दिन नसकिरहेको स्थानीयवासीको भनाइ छ । विसं २०७२ को गोरखा भूकम्पमा सो मन्दिर जीर्ण भएको थियो ।मन्दिर पूरै पुनःनिर्माण सम्पन्न गर्न ६४ फिट चार इन्चको गारो लगाउनुपर्ने हुँदा हालमात्रै २० फिट माथि गारो लगाउने काम भएको समितिले जानकारी गराएको छ । छ वर्षअघिको भूकम्पमा मन्दिर पर्दा श्रीलङ्का सरकारको रु पाँच करोड आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण गर्ने भनिएको थियो । मन्दिर पुनःनिर्माणमा कसैबाट चासो नदिइएपछि गत वर्ष असार २० गते क्षमापूजा गरी २२ गतेबाट समिति र पुरातत्व विभागबीच रु तीन करोड आठ लाखमा सम्झौता भई काम अघि बढेको थियो ।

लगभग एक हजार ५०० वर्षअघि शिखरशैलीमा निर्माण भएको सो मन्दिर यहीवर्ष २०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको हुँदा अझै कति समय लाग्ने हो टुङ्गो लागेको छैन । लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा अन्न अनि वर्षा तथा सहकाल अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको मुलुक प्रवेशले सहकाल भएको मच्छिन्द्रनाथ गुठीका मूलपूजारी कमलराज बज्राचार्यले बताउनुभयो । मुलुकमा मच्छिन्द्रनाथले सबैै जगतको लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष कृष्ण प्रतिपदादेखि रथजात्रा गर्ने परम्परा रहि आएको छ । हालमन्दिर निर्माणाधीन अवस्थामा रहँदा ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मतिको एक पाटीमा राखिएर नित्य पूजाआजा अनि रेखदेख गरिरहेको पूजारी हेम बज्राचार्यले बताउनुभयो ।

पाटनको ठूलो उत्सवका रुपमा हिन्दूलगायत बौद्ध धर्मावलम्बी दुवैले मनाउने रातो मच्छिन्द्रनाथको रथयात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो पर्व मानिन्छ । रातो मच्छिन्द्रनाथ मन्दिरमा प्रयोग गरिने १६ इँटाको झ्याल निर्माणसमेत जारी छ । सो इँटा फुट्ने र पुनःनिर्माण समेत गरिरहनु पर्दा सुकाउन र जोहो गर्नै समय लागिरहेकाले मन्दिर पुनःनिर्माण सम्पन्न गर्न अझै डेढदेखि दुई वर्ष लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष निकराज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मन्दिर पुनःनिर्माणमा १३ देखि एक हजार ४०० वर्ष पुराना मेथ अनिकार्नेशलगायतका बस्तु पनि प्रयोग गरिरहेका छाँै ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।