चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

जाजरकोट, १४ मङ्सिर । जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाथ भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नुभएको हो ।
नलगाड, भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नलगाड नगर कमिटीको अध्यक्षमा गणेश सिंह, उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली, सहसचिवमा वीरबहादुर खड्का र कोषाध्यक्षमा तेजबहादुर परियारलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै बारेकोट गाउँ कमिटीको अध्यक्षमा हरिबहादुर थापा, उपाध्यक्षमा योगेन्द्र सिंह, ओमबहादुर नेपाली, दलबहादुर सिंह, सचिवमा वसन्त शाही, सहसचिवमा प्रेम बोहरा र रमा रावत चयन हुनुभएको छ । भेरी नगर कमिटीको अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मीना पुन, सहसचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भीमहादुर खत्री चयन हुनुभएको छ । यस्तै कुशेमा गाउँ कमिटीको अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मानबहादुर विक, विकास रोकाय, नीरजकुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही र सहसचिवमा बविता चनारालाई चयन गरिएको कुशेगाउँ कमिटीले जनाएको छ ।

कार्यालय प्रमुखविहीन भएपछि एक महिनादेखि सेवा बन्द
बनेपा, १४ मङ्सिर । इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई कायममुकायम दिएको समयसीमा सकेपछि अरु कार्यालय प्रमुखको व्यवस्थापन नभएका कारण इलाका प्रशासन कार्यालबाट नागरिकतालगायतका सेवा दिने काम रोकिएको हो ।जिल्लाका विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धुलिखेलसम्म आएर नागरिकता बनाउन धेरै समय र खर्च व्यहोर्नुपर्ने अवस्था थियो । विसं २०७५ जेठ ९ गते महाभारत गाउँपालिकाको बनखुचौरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गरी सो क्षेत्रका नागरिकलाई त्यहीबाट नागरिकता वितरणको काम सुरु गरिएको थियो । अहिले कार्यालय प्रमुखको व्यवस्थापन गर्न नसक्दा त्यहाँका नागरिक फेरि नागरिकता बनाउनका लागि धुलिखेल धाउनुपरेको छ । इलाका प्रशासन कार्यालय महाभारत देवीटारका कार्यालय प्रमुख रामप्रसाद शर्माले आफूले पाएको कार्यालय प्रमुखको म्याद समाप्त भएपछि नागरिकका लागि सूचना जारी गरेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा रोकिएको बताउनुभयो ।

गत कात्तिक १२ गते कार्यालयमा सूचना जारी गरिएको थियो । “नागरिकता प्रमाणपत्र जारी गर्ने र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिने कार्य २०७८ कात्तिक १३ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ”, उक्त सूचनामा उल्लेख छ । कार्यालय प्रमुखविहीन भएपछि अहिले इलाका प्रशासन कार्यालयमा कम्प्युटर अपरेटर र कार्यालय सहायकले कार्यालय खोलेर नागरिकता बनाउने र प्रतिलिपि बनाउन आउनेको आवश्यक कागजात सङ्कलन गरेर राख्ने र आवश्यक परामर्श दिने काम मात्रै भइरहेको छ । कार्यालयका प्रमुख रामप्रसाद शर्मालाई कायममुकायम अधिकार दिएर तोकिएको ६ महिनाभन्दा बढी भएको र त्यो समय सकेर अर्को कार्यालय प्रमुखको व्यवस्थापन नभएपछि त्यहाँबाट प्रवाह हुने सेवा रोकिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । “नियमले ६ महिनाभन्दा बढी कामु दिन नमिल्ने भएको र अरुलाई पठाउन पनि समस्या भएका कारण प्राविधिक हिसाबले समस्या देखिएपछि कार्यालय प्रमुखविहीन भएको हो”, उहाँले भन्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।