कांग्रेस कर्णाली प्रदेश सभापतिमा शाही
कर्णाली, १९ मङ्सिर । नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो । निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उहाँका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गर्नुभएको थियो । सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य हुनुहुन्थ्यो । कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो । निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतले अन्य पदहरूको मतगणना जारी रहेको बताउनुभयो । कांगे्रसको विधानमा प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था छ ।
यो पनि पढ्नुहोस्…गत वर्षको तुलनामा अहिले सुक्खा अलैँचीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।पोहोर प्रतिमन (४० केजी) ३२ हजार रुपियाँसम्ममा बिक्री भएकामा अहिले ४४ हजार रुपियाँसम्ममा किनबेच भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । यो मूल्य असोज कात्तिकमा ५१ हजार रुपियाँसम्म पुगेको थियो ।तीन वर्षअघि प्रतिमन २०–२२ हजार रुपियाँ हुने गरेको अलँैचीको मूल्य त्यसपछि क्रमशः बढिरहेको छ । अलैँचीले भाउ पाउन थालेको धेरै भएको छैन । २०५५/५६ सालदेखि अलैँचीको मूल्य बढ्दै गएर एक लाख रुपियाँ पुग्न थालेको हो । अलैँचीको भाउ २०७१ सालमा प्रतिमन एक लाख २० हजार रुपियाँसम्म पुगेको थियो । वि.सं. २०२० तिर प्रतिमन ८० रुपियाँमा अलैँची बिक्री गरिएको किसान अझै पनि सम्झन्छन् ।
आकर्षक आम्दानी दिन थालेपछि धेरै किसान अलैँची खेतीतर्फ होमिएका हुन् । त्यसपछि नै हो अलैँची खेती विस्तार भई उत्पादन बढेको ।तर अलैँचीको मूल्य अस्थिर खालको हुन्छ । कहिले मूल्य बढेर प्रतिमन एक लाख रुपैयाँभन्दा माथि पुग्छ भने कहिले घटेर २०–२२ हजार रुपैयाँमा पनि आइपुग्छ ।लामो समयसम्म प्रतिमन २०–२२ हजार रुपियाँ मूल्य कायम रहेकामा अहिले अलैँचीको मूल्य बढेको हो । पछिल्लो समयमा राम्रो भाउ पाउन थालेपछि किसान उत्साहित हुन थालेका छन् ।यसपालि नेपाल र भारतको सिक्किममा उत्पादन घट्दा अलैँचीको मूल्य बढेको हो । यसका साथै पछिल्लो समयमा राम्रो मूल्य नपाउँदा अधिकांश किसानले नबेचेर घरमै राख्न थालेका थिए । यसले बजारमा अलैँचीको अभाव हुँदा मूल्य बढेको पाँचथरका अलैँची व्यवसायी महासङ्घ केन्द्रीय उपाध्यक्ष नरेन्द्र अधिकारीले बताए ।
अहिले ग्रामीण क्षेत्रमा सञ्चार र यातायातको सुविधा पुगेसँगै किसानलाई अलैँची बेच्न सहज भएको छ । बजार मूल्य बुझेर किसान आफैँ राम्रो दाम दिने व्यापारीलाई अलैँची बेच्न थालेका छन् । यो अवस्थाले अलैँची बिचौलियाको माध्यमबाट नभई सीधै ठूला व्यापारीसम्म पुग्न थालेको छ ।पाँचथरका किसानले विगतमा फिदिमका व्यापारीलाई अलैँची बेच्थे भने अहिले सीधै बिर्तामोडसम्म पु-याउन थालेका छन् । यसरी बेच्न थालिँदा किसानले आफूले इच्छाएअनुसार अलैँचीको दाम तोकेर बिक्री गर्न पाउने स्थिति सिर्जना हुन थालेको छ ।
विगतमा व्यापारीले तोकेको मूल्यमा किसानले अलैँची बेच्नुपर्ने बाध्यता नै थियो । किन्नेबाट होइन अब बेच्नेबाट मूल्य तोक्न थाल्दा पनि किसानले अलैँचीबाट राम्रो मूल्य पाउन थालेको देखिन्छ । किसान सचेत हुन थाल्दा अलैँचीको मूल्यमा सुधार हुँदै आएको राष्ट्रिय कृषक समूह महासङ्घ, पाँचथर अध्यक्ष गणेश पोख्रेलले बताए ।पाँचथर जिल्लामा झन्डै दुई हजार हेक्टर जमिनमा अलैँची खेती हुनुका साथै ८०० मेट्रिक टनसम्म अलैँची फल्छ । पाँचथरमा मात्रै वार्षिक दुई अर्ब रुपियाँ अलैँचीबाट आम्दानी हुने गरेको छ ।
यसको खेती नेपालका मध्यपहाडी ४० जिल्लाका १४ हजार ७०० हेक्टरमा भइरहेको छ ।
खोल्सीको सुनका रूपमा चिनिने अलैँची खेती गर्नेको जीवनस्तर यसैको आम्दानीले समृद्ध पनि बन्दै गएको छ ।पूर्वको इलाम, पाँचथर, ताप्लेजुङ हुँदै पश्चिमको अछाम, डोडी, बैतडीसम्म हिजोआज अलैँची खेती विस्तार भइरहेको तथ्याङ्कले देखाउँछ ।पाखो, खोल्सीमा मात्र रोपिइने अलैँची खेती महँगोमा बिक्ने लोभले अरू बाली लाग्ने खेतबारी र करेसामा समेत किसानले मुख्य आयस्रोतका रूपमा रोप्ने गरेका छन् । गोरखापत्र दैनिकमा नारायण तुम्बापोले खबर लेखेका छन्


