एक सभापति, एक सह–महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ, २६ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सभापतिमा मनोनयन दर्ता गराउनुभएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै सह–महामन्त्रीमा मनोनयन दर्ता गराउनुभएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मध्याह्न १२.३० बजेसम्म निर्धारण गरिएको थियो । अहिलेसम्म सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिइसक्नुभएको छ भने अझै केहीको नाम फिर्ता हुनसक्ने बताइएको छ ।

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो । नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेको छ । यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो।

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक
लमजुङ, २६ मङ्सिर । चक्रिय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । कोरोना सङ्क्रमणबाट प्रभावित चक्रिय अन्नपूर्ण पदमार्गमा यतिबेला दैनिक १५० देखि २०० जनासम्म पर्यटक आउन थालेका छन् । दोस्रो कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल हुँदा पर्यटन व्यवसायी हर्षित हुन थालेका छन् ।केही महिनादेखि दुई÷चार जनाबाट सुरु हुँदै २५÷३० जनासम्म आउन थालेका पर्यटक कात्तिकबाट दैनिक दुई हाराहारीमा पर्यटक आउने क्रम निरन्तर चलिरहेको छ । विदेशी पर्यटक ४० देखि ५० र आन्तरिक पर्यटक १५० देखि २०० जनाको हाराहारीमा पर्यटक पदमार्गमा आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।

यस कार्यालयका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले भन्नुभयो, “कोरोना सङ्क्रमणको जोखिम बढेपछि पदमार्गमा पर्यटक आगमन ठप्प हुँदा निराश बनेका यस पदमार्ग आसपासमा पर्यटन व्यवसायी यतिबेला पर्यटक आउन थालेपछि पर्यटकको सेवामा व्यस्त बन्दै राम्रो आम्दानी गरिरहेका छन्, चिसो समय हुँदासमेत पर्यटक आगमन भइरहेको छ ।”
कोरोना प्रभावित बनेको यहाँ यतिबेला पर्यटकको चहलपहलले केही पैसा भने पनि दैनिक आम्दानी भइरहेको मस्र्याङ्दी गाउँपालिका –४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकको चाप बढ्ने यस पदमार्गमा कोरोनाले प्रभावित हुँदा एक दुई हजारको मुख देख्नसमेत रहर भइरहेका बेला पर्यटक आउन थालेपछि यतिबेला दैनिक रु १०÷१५ हजार आम्दानी हुँदा धेरै खुसी भएको छु ।”

यस पदमार्ग आसपासको व्यवसाय पर्यटक आगमनले फस्टाइरहेको छ । अधिकांश पर्यटन व्यवसायी अन्नपूर्ण पदमार्गमा आउने पर्यटककैभरमा जीवन चलाउँदै आएका छन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीति रिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास हुँदै मुस्ताङ र पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहरमा रहेको छ । यसपदमार्गका लागि आउने पर्यटकले गर्दा बेँसीशहर बजारका होटलसमेत भरिभराउन हुने गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।