अध्यक्ष केपी शर्मा ओली-केन्द्रीय कमिटी बैठकले गरेको निर्णय सबैले स्वीकार गर्नु पर्छ

भक्तपुर, २६ मङ्सिर ।नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताउनुभएको छ । भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दैै उहाँले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ कसैलाई जिम्मेवारी पुगेन भनेपछि उचित जिम्मेवारी दिनेछौँ ।” केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै उहाँले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई ९०० जनाको नाम आएको बताउनुभयो ।

पोलिटब्यूरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट मध्येको उत्कृष्ठ छान्ने गाह्रो भएको उहाँले बताउनुभयो । लोकतान्त्रिक विधिमा निर्वाचन पद्धतिले नै सबै ठिक गर्छ भने होइन भन्दै उहाँले नेतृत्वसँग देशभरीलाई हेर्ने र बुझ्ने क्षमता हुने भएकाले नेतृत्वले तयारी गरेर ल्याएर गरिएको निर्णय सबभन्दा बढी विश्वासिलो र लोकतान्त्रिक हुने बताउनुभयो । उहाँले बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्नेमा जोड दिँदै कतिपयलाई अन्याय प¥यो होला तर योभन्दा राम्रो प्रस्ताव अरु हुन नसक्ने बताउनुभएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।

राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई
धनुषा, २६ मङ्सिर ।राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । धनुषाको बटेश्वर गाउँपालिकामा यही मङ्सिर २३ गतेदेखि आयोजित सो प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले आठ अङ्कका विरुद्ध ५४ अङ्क ल्याई लुम्बिनी प्रदेशमाथि भारी अङ्क अन्तरले विजयी भएको हो । प्रतियोगितामा बागमती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त गरेका थिए । फाइन खेलमा प्रथम हुने टिमलाई रु एक लाख ५०५, द्वितीय हुनेलाई रु ५० हजार ५०५ र तृतीयलाई रु २५ हजार ५०५ नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापालाई र बेस्ट डिफेन्डरको पुरस्कार सुदूरपश्चिमकै खेलाडी निशा बोहरालाई प्रदान गरिएको छ । वटेश्वर गाउँपालिकाको संयोजन तथा शिवशक्ति युथ क्लब बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा सातवटै प्रदेशको टिमको सहभागिता रहेको प्रतियोगिता प्रचासप्रसार समितिका संयोजक मदन विश्वकर्माले जनाउनुभयो । प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले खेलकुदले ठाउँको पहिचान गराउनुका साथै देशको नामसमेत प्रख्यात गराउन सहयोग पु¥याउने भएको हुँदा यस्ता किसिमका प्रतियोगितामा गाउँपालिकाले संयोजन गरेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।