नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा ८७८ मत खस्यो

काठमाडौँ, २७ मङ्सिर ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा ८७८ मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २.३० बजेसम्म ८७८मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो ।१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ३४३ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा ५३५ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।
एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।

बालश्रमिकको तथ्याङ्क अद्यावधिक नहुँदा समस्या
–नीरज गौतम,नेपालगञ्ज, २७ मङ्सिर । बाँकेको सदरमुकाम नेपालगञ्जका प्रायः सबैजसो उद्योग, व्यापार, व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । तरपनि यो जिल्लालाई बालश्रमिकमुक्त जिल्लाको पहिचान दिइएको छ । तेह्र वर्षअघि बाँके जिल्लालाई बालश्रमिकमुक्त जिल्ला घोषणा गरिए पनि करिब चार हजारभन्दा बढी बालबालिका अहिले पनि श्रमिकका रुपमा विभिन्न उद्योग, व्यापारमा कार्यरत रहनुलाई अभियानको मुख्य चुनौतीका रुपमा हेरिएको छ ।कानुनतः १४ वर्ष उमेरका बालबालिकालाई कुनै पनि बहानामा श्रममा लगाउन पाइँदैन, तर यहाँका प्रायःजसो व्यवसाय सञ्चालन गरिने प्रतिष्ठानमा बालबालिका राख्ने गरिएको छ । बालश्रम न्यूनीकरणमा बालकल्याण समिति, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गाउँपालिका, युनिसेफ, सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, बागेश्वरी असल शासन क्लब (बास)लगायतका सरकरी तथा गैरसरकारी निकाय क्रियाशील रहेपनि नतिजा सोचे जस्तो आउन सकेको छैन ।

यही अवस्थालाई दृष्टिगत गरी नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान यहाँ सञ्चालन गरिएको छ । तर, १४ वर्षअघिको बालश्रमिकको तथ्याङ्क अद्यावधिक नहुँदा अभियान सफल हुनेमा आङ्शका व्यक्त हुन थालिएको छ । चौध वर्षअघि (सन् २००७ नोभेम्बर २० मा) तत्कालीन जिल्ला बालकल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिकमुक्त जिल्ला’ घोषणा गरेका थिए । यद्यपि, यस जिल्लामा अभैm त्यति ठूलो सङ्ख्यामा बालबालिका श्रममा देखिनुले ती निकायको काम गर्ने शैलीप्रति प्रश्न चिन्ह पनि उठाइएको छ । एकातर्प बालश्रमिकको तथ्याङ्क अद्यावधिक गरिएको छैन भने नेपालगञ्जलाई बालमैत्री नगरपालिका घोषणाको अभियान पनि पछि धकेलिँदै जानुलाई सरोकारवालाले व्यङ्ग्य गर्ने विषय बनाएका छन । कूल २३ वडा रहेको नेपालगञ्ज उपनमहागरपालिकालाई बालमैत्री नगर घोषणा गर्न ३९ सूचक तयार गरी ठूलै तामझामका साथ सञ्चालन गरिएका कार्यक्रमले तोकिएको समयमा आप्mनो लक्ष्य भेटाउन सकेन । यो अभियान सञ्चालनमै रहे पनि अब यसको समयसीमा भने तोकिएको छैन ।

“चौध वर्षसम्म जिल्लाका बालश्रमिकको तथ्याङ्क अद्यावधिक गर्न नसक्ने अवस्थामा हामीले कसरी यस जिल्ला अन्तर्गतको नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न सक्छौ?”,बालअधिकार अभियन्ता साहिल अन्सारीको प्रश्न छ । चौध वर्ष पुरानो सो तथ्याङ्क अनुसार, बाँके जिल्लामा नौ वर्षमुनिका पाँच, १० देखि १४ वर्षका ६० र १४ देखि १७ वर्षका ४० प्रतिशतभन्दा बढी बालबालिका श्रमिकका रुपमा कार्यरत रहेका छन । “जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहने बालकल्याण समिति पनि भङ्ग भइसकेको र त्यसको सट्टामा अर्को कुनै समिति नबनेकाले बालबालिकाका विषय स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने गरेको छ”, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको भनाइ छ । उहाँले बालबालिकाको विषयमा अब सबै काम स्थानीय तहको जिम्मामा लगाइएको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।