कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि

काठमाडौँ, २९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ । निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना सुरु गर्न निर्वाचन समितिले पार्टी नेतासहितको बैठक १ बजे बोलाएको सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । मतगणनाको आचारसंहितालगायत विषयमा छलफल एवं निर्णयपछि गणना सुरु हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने पनि उहाँले बताउनुभयो ।

सोमबार नै निर्वाचन सकिएपछि पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा लगी राखिएको छ ।पहिलो चरणमा सभापति पदको मतगणना मङ्गलबार राति सम्पन्न भएको थियो । सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार दिउँसोदेखि बढी मत पाउने शेरबहादुर देउवा र डा शेखरप्रसाद कोइरालाकाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीसमेत रहनुभएका देउवा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ ।

बौरदै बागलुङको पर्यटन व्यवसाय
खेमराज गौतम,गलकोट, २९ मङ्सिर। दुई वर्षदेखि पर्यटकले नभरिएका पर्यटकीय क्षेत्र, सुनसान बनेका होटल तथा यात्रुले नभरिएका सवारीसाधनमा अहिले चहलपहल देखिएको छ।
कोरोनाले धकेलिएर सरेका राजनीतिक दलको महाधिवेशन, सभा समारोह, विवाह उत्सव, शैक्षिक भ्रमण अहिले धमाधम हुँदा बागलुङको पर्यटन व्यवसाय चलयमान देखिएको छ । राजनीतिको अधिवेसन, सभासम्मेलन, विवाह र अवलोकन भ्रमणलगायतका कार्यक्रमले सवारीसाधनलाई यात्रु ओसार्न भ्याइनभ्याइ छ । होटल भरिभराउ छन् भने पर्यटकीस्थल खचाखच भइरहेका छन् । अहिले जिल्लाका पर्यटकीयस्थलको अवलोकन भ्रमणका लागि पोखरा, चितवन, गोर्खा, काठमाडौँलगायतका जिल्लाबाट बागलुङ आउने क्रमसमेत चल्दा बागलुङमा सुस्ताएको पर्यटन व्यवसाय लयमा फर्केको छ ।

एक महिना अघिदेखि नेपालका साना ठूला दलका अधिवेशन चल्दा नेता कार्यकर्ता गाउँ–गाउँबाट सहर केन्द्रित भएका छन् । दलहरुले सभासम्मेलनका नाममा लाखौं रुपैयाँ खर्चसमेत गरिरहेका छन् । मुख्यतया राजनीतिका कारण बागलुङ चलायमान भएको छ ।
यात्रु नपाएर खाली हुने सवारीसाधनमा अहिले यात्रुको निकै चाप रहेको छ । कतिपय दलले नेता कार्यकर्ता ओसार्न सवारीसाधनको व्यवस्था र खान बस्नका लागि होटलको व्यवस्थापन समेत गरिरहेका छन् । अहिले कालिका मन्दिर परिसरमा अवलोकन भ्रमण ब्यानरसहितका थुप्रै सवारीसाधन देख्न पाइन्छ । जिल्लामा नेपाली कांग्रेस, नेकपा (एमाले), (माओवादी) केन्द्रका वडा, पालिका अधिवेशनले बागलुङ बजार चलयमान भएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । “पर्यटकीय क्षेत्र, होटल व्यवसाय, यातायात व्यवसाय अहिले फष्टाएको पाएका छौं”, राजभण्डारीले भन्नुभयो,“राजनीतिका कारण मात्र नभएर पर्यटकीय सिजन, मुस्ताङ जाने पर्यटक र कुस्माको बञ्जी पुलमा आउने पर्यटकसमेत यहाँ आउने गरेका छन्, अहिले यहाँको व्यापार तथा व्यवसाय फष्टाएको छ ।”

अहिले कालिका मन्दिर परिसरमा पर्यटक बोकेका सवारीसाधनको निकै चाप रहेको छ । दुई वर्षदेखि थला परेको यातयात व्यवसाय लयमा फर्कन लागेको यातायात व्यवसायी बताउँछन् । यो एक महिनामा बागलुङ बजारका सबै होटल भरिएको हामीले जानकारी पाएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । उहाँले ठूला दल कांग्रेस, एमाले, माओवादी लगायतको अधिवेशनको समयमा होटलमा कोठासमेत नपाएको बताउनुभयो । कालिका मन्दिर, पञ्चकोट, लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालयमा पर्यटक ह्वात्तै बढेको पाइएको छ । बजारमा अधिवेशनलगायतका कार्यक्रममा आएका नेता कार्यकर्तासमेत फूर्सदमा पर्यटकीयस्थल पुगेको देखिन्छ ।

अहिले कालिका मन्दिर दर्शनका लागि विभिन्न जिल्लाबाट धार्मिक पर्यटक आउने क्रमले तीव्रता पाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । गतवर्ष भन्दा यसवर्ष कालिका भगवती मन्दिरमा धार्मिक पर्यटकको आगमनमा वृद्धि भएको पाइएको खड्काको भनाइ छ । “गतवर्ष कोरोनाको प्रभावले खासै पर्यटक आएका थिएनन्, ६ महिना त कालिका मन्दिर बन्दनै गर्नुपरेको थियो”, खड्काले भन्नुभयो, “दुई वर्षदेखि दर्शन गर्न नपाएका पर्यटक, मुक्तिनाथ दर्शनमा हिँडेका पर्यटक र कुस्माको बञ्जी पुलको अवलोकनका लागि आएका पर्यटक कालिका मन्दिर दर्शन गर्न आउने गर्दा अहिले निकै चाप रहेको छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।