झापा केरामा आत्मनिर्भर, वार्षिक ३७ हजार टन उत्पादन

झापा, २१ पुस /केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामासमेत निर्यात हुन थालेको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय सरकारमार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ । जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइदा केरा खेती बर्सेनि बढिरहेको छ । उनका अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा झापामा एक हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती भएको थियो । जहाँ ३७ हजार मेट्रिक टन केरा उत्पादन भएको उनले बताए । जुन आर्थिक वर्ष ०७६/०७७ को भन्दा धेरै हो । उक्त आर्थिक वर्षमा एक हाजर सात सय ७२ हेक्टरमा केरा लगाइएको थियो । जहाँ ३६ हजार तीन सय २६ मेट्रिक टन केरा उत्पादन भएको थियो ।

यो तथ्यांक हेदौ झापामा प्रत्येक वर्ष केरा खेती गर्ने क्षेत्र बढीरहेको छ । ‘केरामा झापा आत्मनिर्भर छ । झापाको उत्पादन यहाँका लागि पर्याप्त छ,’ उनले भने, ‘यहाँका उत्पादन मोरङ, सुनसरीसँगै काठमाडौं, पोखरासम्म पुग्छ ।’ सरकारले केरालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दा केरा खेती विस्तार भएको उनको भनाइ छ । चालु आर्थिक वर्षभित्र पनि एक सय हेक्टर क्षेत्रमा केरा खेती विस्तारको योजना रहेको सिंहले बताए । ‘हामी काम गर्ने कृषक, कृषि समूह र फर्मलाई अनुदानको कार्यक्रम दिन्छौँ । यस वर्ष पनि केरा खेती विस्तार गर्ने लक्ष्य छ,’ उनले भने । केराको बजार राम्रो भएका कारण पनि खेतीप्रति कृषकको आकर्षण बढेको उनले बताए । ‘केराको बजार राम्रो छ । यसमा कृषकलाई राम्रो आम्दानी हुन्छ । त्यसकारण पनि कृषक केरा खेतीप्रति आकर्षित छन्,’ प्रमुख सिंहले भने, ‘बगानबाटै ६० देखि ८० रुपैयाँ दर्जनमा केरा बिग्छ । केरा खेती गर्ने किसानलाई बजारको चिन्ता छैन ।’

यद्यपि, गत आर्थिक वर्षको तुलनामा झापामा केराको उत्पादकत्व भने घटेको छ । आर्थिक वर्ष ०७६÷०७७ मा केराको उत्पादनकत्व प्रतिहेक्टर २० दशमलव ५ मेट्रिक टन थियो । अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा घटेर प्रतिहेक्टर उत्पादकत्व २० मेट्रिक टनमा झरेको ज्ञान केन्द्रको तथ्यांक छ । ‘केराको बोट सुक्ने र रेड बिटल किरा लाग्ने समस्याका कारण उपादकत्व घटेको देखिएको छ,’ प्रमुख सिंहले भने, ‘यो समस्या समाधानका लागि कृषि अनुसन्धान निर्देशनालय तरहराको विज्ञ टोली बोलाएर अनुसन्धान पनि गराएका छौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।