एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा निर्वाचित

सुदूरपश्चिम, २७ पुस ।नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित हुनुभएको छ । गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित हुनुभएको हो । थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३ पाउनुभएको छ ।उपाध्यक्षमा दुर्गाप्रसाद जोशी र सचिवमा डेजी पाण्डे निर्वाचित हुनुभएको छ । उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्वसहितका पदाधिकारीमा आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको हो । एक सय ५० सदस्यीय जिल्ला कार्यसमितिको महिला र थारू क्लष्टरतर्फका सदस्य भने निर्विरोध निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिनुभयो ।

डोटीमा मल्ल विजयी-डोटी–नेकपा (एमाले) डोटीको जिल्ला अध्यक्षमा चक्रबहादुर मल्ल बिजयी हुनुभएको छ । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहनुभएका मल्ल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । यसैगरी उपाध्यक्ष मञ्जु मलासी, सचिव शेरबहादुर मल्ल, उपसचिव कृष्णबहादुर खडका, तेजबहादुर डुम्रेलले जिम्मेवारी प्राप्त गर्नुभएको (नेकपा) एमालेले जनाएको छ । अधिवेशनमा मूल आयोजक कमिटीका १४८ तथा यहाँका नौवटै वडाबाट छनोट गरिएका ३८६ र मनोनित २७ जना गरी कूल ४१३ प्रतिनिधि सहभागी थिए । अधिवेशनका लागि जिल्लाका नौवटै पालिकाबाट अधिकांश प्रतिनिधि सहभागी रहेका थिए ।

लमजुङको अध्यक्षमा अधिकारी -लमजुङ–नेकपा (एमाले) लमजुङको अध्यक्षमा कृष्णप्राद अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेको एमालेको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ । त्यस्तै उपसचिवमा भने चार जनाबीच प्रतिस्पर्धा भएपछि सोमबार मतदान गर्दा जनकराज मिश्र र जीतबहादुर गुरुङ निर्वाचित हुनभएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिवबाहेकका अन्य पद उपसचिव, भूगोलतर्फका सदस्य, खुला सदस्य र सुन्दरबजार पालिका भूगोल सदस्य पदका लागि निर्वाचन भएको थियो । नवनिर्वाचित अध्यक्ष अधिकारीको नेतृतवमा ९५ सदस्यीय सदस्य कमिटी बनेको छ । निर्वाचित सबै पदाधिकारी तथा सदस्यले सोमबार राति नै शपथग्रहण गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।