अम्लिसोले राम्रो मूल्य पाएपछि किसान हर्षित

तेह्रथुम, ३० पुस/पछिल्लो समय तेह्रथुमका किसानहरू अन्नबाली मास्दै नगदेबालीतर्फ आकर्षित हुँदै आएका छन । खाली जमिन तथा पाखोबारीमा यतिबेला अम्लिसो खेतीले भरिएका छन् । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै किसानहरू नगदेबाली रोज्दै आएका छन् ।

किसानले खेती गर्दै आएको अम्लिसोको राम्रो मूल्य पाएपछि हर्षित बनेका छन् । विगतका वर्ष अम्लिसोको मूल्य गिरावट आएसँगै निराश बनेका किसानहरू यतिबेला अम्लिसो थुत्न र बिक्री गर्न हतारोमा छन् । पशु चौपयालाई घाँससँगै फूलबाट आम्दानी लिन सकिने भएकाले पनि किसानहरूले अम्लिसो खेतीलाई रोजेका हुन् ।

अम्लिसो बेचेर राम्रै आम्दानी लिँदै आएको लालीगुराँस-५ दागपाका रमेश बस्नेतले बताए । उनी भन्छन्- ‘खेती लगाएपछि अम्लिसोलाई खासै हेरचाह गर्नु पर्दैन फूल थुतेपछि घाँस राम्रो काट्नुपर्छ त्यति मात्रै हो । अम्लिसोको फूल बिक्री नभए पनि गाईवस्तुलाई घाँस हुन्छ बहुउपयोगी खेती हो ।’ बस्नेत जस्तै आठराईका गोपाल ढकालले पनी अम्लिसो बिक्रीबाट राम्रो आम्दानी लिँर्दै आएका छन् । ढकाल तरकारी खेतीसँगै अम्लिसो खेती गर्दै आएको बताउँछन् ।

तेह्रथुमको ग्रामीण क्षेत्रमा यतिबेला अम्लिसोको फूल प्रतिकिलो एक सय २० रुपैयाँले बिक्री भइरहेको छ । गत वर्ष एक सय अधिकतम एक सय रुपैयाँमा बिक्री भएको अम्लिसो यस वर्ष पहिलो सिजनमा एक सय ५० रुपैयाँसम्म बिक्री भएको थियो । राम्रो मूल्य भएकाले व्यापारीहरू खरिदका लागि घरघरमा आएर लैजाने गरेको किसानहरू बताउँछन् । अम्लिसो खेतीले परिवार धान्नसमेत टेवा पुग्दै आएको छ । यहाँका किसानहरूले पाँच रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अम्लिसो खेती गर्दै आएका छन् ।

जिल्लाको ६ वटै पालिकाहरूमा अम्लिसो खेती हुँदै आएको छ । पछिल्लो समय खाली रहेका जमिनमा अम्लिसो खेतीको विस्तार हुने क्रम बढ्दो रहेको कृषि शाखाहरूले जनाएका छन् । तेह्रथुममा उत्पादन भएको अम्लिसो धनकुटा हिले र झापाको विर्तामाेडसम्म बिक्री हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।