सिमसार क्षेत्र मासिएपछि सारस घट्दै

राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर, १३ माघ (रासस) ः सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा बासस्थान विनाश मुख्य कारण हो ।

“सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ”, नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले भन्नुभयो, “सिमसार घट्न थालेपछि आहारको कमी भएको छ । सिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले यो चरालाई समस्या भएको छ ।”

यसको आहारा माछा, भ्यागुता, सर्प र अन्य कीराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उहाँको भनाइ छ । भर्खरै सकिएको जलपक्षी गणनामा बेलडाँडी गाउँपालिकाको चवन्नीमा दुई र सोही गाउँपालिकाको अर्को सिमसार क्षेत्रमा आठ सारस देखा परेका छन् । स्थानीयका अनुसार पहिला सारस एकै ठाउँमा १५ देखि २० को सङ्ख्यामा देखिन्थे ।

अण्डा र मासुलाई यसको सिकार हुन्छ । दुई वर्ष पहिले बेलडाँडी क्षेत्रमै संरक्षणकर्मीले एउटा मरेको र अर्को घाइते फेला पारे । वर्षातमा सारस स्थानीय किसानका खेतबारीमा आउँदा सिकार बढी हुन्छ ।

सारस घटेकाले यसलाई जोगाउन सिमसार क्षेत्र जोगाउन र यसलाई मार्नु हुदैन संरक्षण गर्नुपर्छ भन्ने जागरण पैदा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको सरोकारवालाको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ । साइटिसले अनुसूची २ र आइयुसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ । यसको सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुन्छ । सारसको उचाइ छ फिटसम्म र तौल पाँच किलो बढी हुन्छ । यसको वैज्ञानिक नाम ‘ग्रस एन्टिगनु’ हो । उडनेमध्येमा यो अग्लो चरा मानिन्छ ।

सारसले किसानले धानबाली लगाइसकेपछि अर्थात जुन, जुलाई महिनामा ओथारो बस्ने (बच्चा कोर्लने ) गर्दछ । सिमसार क्षेत्रको सुरक्षित स्थानमा बच्चा जन्माउने र हुर्काउने गर्दछ । सारसलाई सामाजिक प्राणीका रुपमा समेत लिइने गरिन्छ ।

जोडीका रुपमा यो चरा रहन्छ । प्रजनन अवधिमा यसले दुई वटा मात्रै अण्डा पार्ने गरेको चरा विज्ञ डगौराले बताउनुभयो । चल्ला पाँचदेखि छ महिनासम्म माउसँगै बस्छन् । त्यसपछि अन्य सारससँगै झुण्डमा आजीवन जोडी बनाइ बस्छन । रुपन्देही, कपिलबस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा यो चरा पाइन्छ ।

कञ्चनपुरमा सारसको सङ्ख्या १० देखि १५ सम्म रहेको अनुमान छ । चरा विज्ञका अनुसार नेपालमा यो चरा सात देखि आठ सय रहेको अनुमान छ । नेपालसँगै सारस अस्ट्रेलिया, क्यााम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा पाइन्छ ।

विश्वमा १५ र नेपालमा चार प्रजातिका सारस पाइन्छ । जसमा करयाङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस नामकै सारस पाइने गरेको छ । दुई दशकपछि यसवर्ष कैलालीमा लक्ष्मण सारस देखा परेको छ । जसलाई खोया हाँससमेत भनिन्छ । लक्ष्मण सारस मङ्गोलिया र चीन क्षेत्रबाट हिउँदाका बेला बसाइँ सारेर यहाँ आइपुग्छ । कालोकण्ठे सारस कहिलेकाहीँ मात्रै देखा पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारसलगायतका दुर्लभ पक्षी मार्नेलाई १५ देखि ३० हजार जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।