झापामा बंगुर पालक किसान बढ्दै

झापा, २० चैत । विगतमा बंगुर पालक किसान कमै भेटिन्थे । तर, पछिल्लो समय बंगुर पालक किसानको संख्या बढ्दै छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत केरखा आसपासमा त बंगुर पालन मात्र हैन यसलाई बजारीकरण गर्न होटलसमे खुलेका छन् । संघीयतापछि प्रदेश र स्थानीय सरकारले अनुदानको कार्यक्रम दिन थालेपछि पनि बंगुर पालक किसान बढेका छन् । यस्तै, कोरोना महामारीले विभिन्न ठाउँमा रोजगारी गर्दै गरेका युवा गाउँ फर्किएर पनि बंगुर पालनमा लागेका छन् ।

प्रदेश सरकारले नश्ल सुधारदेखि बंगुरको खोर निर्माणसमेत अनुदान उपलव्ध गराएपछि झापामा बंगुर पालन गर्ने किसानहरूको संख्या बढ्दै गएको हो । झापामा केही वर्ष अघिसम्म बंगुर पालन गर्ने किसानहरू सीमित संख्यामा मात्र थिए । तर, तीन वर्षयता जिल्लामा बंगुर पालक किसानको संख्या बढेर पाँच सयभन्दा धेरै पुगेका छन् । प्रदेश सरकारले खोर निर्माणदेखि नश्ल सुधारमा समेत सहयोग गर्न थालेपछि बंगुर पालक किसानको संख्या बढ्न थालेको बंगुर व्यवसायी संघ प्रदेश- १ का अध्यक्ष संजिव कुलुङ्ग राईले बताए । ‘सरकारले पनि सहयोग गर्दै आएको छ । त्यसकारण बंगुर पालक किसानको संख्या बढ्यो,’ उनी भन्छन्, ‘तर, अहिले दानाको मूल्य अकासिएको छ । बजारमा माग पनि घटेको छ ।’

बंगुर पालनमा आकार्षण बढेपछि पछिल्लो आर्थिक मन्दी र दानाको मूल्य वृद्धिले साना बंगुर पालक किसानमा भने समस्या आउन थालेको छ । बंगुर उत्पादनमा वृद्धि भए पनि उचित बजार नहुँदा समस्या हुन थालेको किसानले बताएका छन् ।

झापामा यसपटक पनि प्रदेश सरकारले बंगुर पालनक किसानका लागि भनेर विभिन्न कार्यक्रमहरू आएको छ । सरकारको सहयोग पाउन थालेपछि बंगुर पालनमा किसानको आकार्षण बढ्दै गएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख डा. विनय श्रेष्ठले बताए । ‘यसवर्ष पनि बंगुर पालक किसानका लागि अनुदानको कार्यक्रहरू छ । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको छ । जसका कारण बंगुर पालक किसानको संख्या दिनानुदिन बढ्छैन,’ उनले भने ।

प्रदेश-१ को कृषि मन्त्रालयका अनुसार प्रदेश-१ बंगुरको मासु उत्पादनका लागि आत्मनिर्भर प्रदेश हो । नेपालभर पालिने र मासुका लागि प्रयोग हुने बंगुरमध्ये ६० प्रतिशत बंगुर प्रदेश-१ मै पालिने गरेको मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए । उनका अनुसार प्रदेश-१ मा सबैभन्दा धेरै झापामा बंगुर पालिने गरिएको छ । ‘मासुका लागि बंगुर पालिन्छ । नेपालमा पालिने बंगुरको ६० प्रतिशत हिस्सा चाहिँ प्रदेश-१ ले धानेको छ । बंगुर पालनमा यो प्रदेशको राम्रो छ,’ उनले भने, ‘यहाँबाट काठमाडौं र पश्चिमका जिल्लामा पनि निर्यात हुन्छ । भारतको विभिन्न ठाउँसँगै भुटानसम्म पनि पुग्छ ।’

प्रदेश-१ मा बंगुर पालनको सम्भावना देखेर प्रदेश-१ सरकारले बंगुर प्रवर्द्धन कार्यक्रमसमेत दिएको थियो । त्यो कार्यक्रममार्फत ११८ जना किसानलाई अनुदान दिइएको खत्रीले बताए । अनुदानबाट खोर निर्माण लगायतका काम भएको उनले बताए । तर, पछिल्लो समय बजार पाउन मुस्किल भएको उनको भनाइ छ । ‘बंगुरको पाठा विक्री गर्न बजार अभाव भएको किसानबाट गुनासो आएको छ । उत्पादन धेरै भएपछि बजार पाउनै मुस्किल भयो,’ उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।