ताप्लेजुङमा आलु उत्पादनमा ह्रास

दिलकुमार लिम्बू/ताप्लेजुङ, २० चैत । ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीहरूमा आलु रोपाइँको चटारो छ । हिमाली बस्तीका किसानहरू हिमपात राेकिएसँगै आलु रोपाइँमा लागेका हुन् ।समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हाजर २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसानहरु अहिले आलु रोपाइँको चटारो रहेकाे फक्ताङलुङ गाउँपालिका—६ घुन्साका किसान केल्साङ शेर्पाले बताए ।

उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य बाली हुँदैन । याङमा, फले, क्याप्ला लगायत क्षेत्रमा बोसोबास गर्ने किसानहरुको आलु मुख्य खेती हो । एक घर परिवारले २० मुरी (२० पाथीको एक मुरी) अर्थात एक हजार छ सय केजीसम्म आलुको बिउ रोप्ने गरेको शेर्पाले बताए । १० मुरी आलु रोपाइँ गर्दा ९० मुरीसम्म आलु उत्पादन हुने स्थानीय बताउँछन् ।

आलु उत्पादनमा ह्रास

आलु भण्डारणको रुपमा रहेको याङमा, घुन्सा, फले क्षेत्रहरुमा गएको दुई वर्ष देखि आलु उत्पादनान ह्रास आएको घुन्साका किसान टासी तेन्जिङले बताए । विगतका वर्षहरूमा आलुको हब बनेको याङमा र घुन्सा क्षेत्र दुई वर्षयता आलु उत्पादनमा कमी आउन थालेको छ । आलु उत्पादनमा ह्रास आउन थालेसँगै आलुको बिउ जोगाउन नै मुस्किल हुँदै आएको स्थानीयहरूको भनाइ छ ।

विगतका वर्षमा याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु बिउ जिल्लाको धेरै क्षेत्र खेती हुने गर्दथ्यो । तर, आलु उत्पादनमा ह्रास आउन थलेसँगै याङ र घुन्सा क्षेत्रमा मात्र सीमित हुँदै गएको शेर्पाले बताए ।

शेर्पाले भने, ‘आलु उत्पादनमा कमि आउन थालेको दुई वर्ष भयो । यहाँ उत्पादन भएको आलु बिउ जोगाउन मुस्किल भएको छ । तरकारी खानको लागि मधेशको आलु ल्याएर खाँदै आएको छौं ।’ आलु बिउको भण्डारण क्षेत्र याङमा र घुन्सा क्षेत्रमा आलु उत्पानमा ह्रास आएसँगै तल्लो क्षेत्रका किसानहरूमा प्रत्यक्ष असर पुगेको छ ।

आलुको व्यापार

हिमाली क्षेत्रमा हिमपात पात हुन रोकिए पछि आलु रोपाइँको चटारो लाग्ने गर्दछ । चैतमा रोपेको आलु असोज महिनामा खन्ने गरिन्छ । घुन्सा र याङमा क्षेत्र आलु बिउको भण्डारणको रूपमा लिने गरिन्छ । यस क्षेत्रमा उत्पादन भएको आलु मंसिर र पुसमा व्यापारका लागि घुन्सा क्षेत्रमा उत्पादन भएको आलु याकमार्फ ढुवानी गरेर एक दिन लगाएर फले क्षेत्रमा भण्डारण गर्ने गर्दछ । उता याङमा क्षेत्रमा उत्पादन भएको आलु दुई दिन लगाएर चेने भन्ने ठाउँमा भण्डारण गर्ने गर्दछ । चेनेमा फक्ताङलुङ गाउँपालिकाले आलु भण्डारणका लागि संरचना समेत निर्माण गरेको छ ।

आलुको बिउ लिनका लागि फक्ताङलुङ गाउँपालिका तल्लो क्षेत्रका किसान, फुङ्लिङ नगरपालिका लगायतका क्षेत्रका किसानहरु ३/४ दिन पैदल यात्रा गरेर आलु भण्डारण क्षेत्रसम्म पुग्ने गर्छन् । । तल्लो क्षेत्रका किसानहरुले कोदो, मकै जस्ता अन्न लिएर आलु बिउ साट्न आलु भण्डारण क्षेत्रसम्म पुग्ने गर्छन् । तल्लो क्षेत्रका किसानहरु आलु भण्डारण क्षेत्रमा पुगेर कोदो र आलु साटा साट गर्ने गर्दछ । हिमाली क्षेत्रमा आलुबाहेक अन्य खेतीपाती हुँदैन । त्यसैले आलु र कोदो,मकै जस्ता अन्नसंग आलु साटासाट गरेको हो ।

प्रविधिक ज्ञानको अभाव

याङमा र घुन्सा क्षेत्रका समुदायको प्रमुख खेतीको लागि पुस्तौँदेखि आलु खेती गर्दै आएको हो । तर, आफुले कुन जातको आलु खेती गर्दै आएको हो भन्ने आफूले थाहा नभएको घुन्साको किसान पेमा शेर्पाले बताए । उनले भने, ‘हामीले पहिलेदेखि खेती गरेको आलु रातो र सरकारी आलु (सेतो) आलु र पछि एक जनाले सोलुखोम्बु जिल्लाबाट एक पाथी आलुको बिउ ल्याएको थियो । आहिले त्यस आलुलाई सोलु आलु भन्ने गरेको छ ।’

स्थानीय आफैँले राखेको नाम हो रातो आलु, सेतो आलु र सोलुसोम्बु जिल्लाबाट ल्याएको सोलु आलु भनेर नामकरण गरेको स्थानीय भनाइ छ । दुई वर्षदेखि निरन्तर आलु उत्पादन ह्रास आइरहेको छ । तर, के कारणले याङमा क्षेत्र र घुन्सा क्षेत्रमा उत्पादनमा ह्रास आएको हो, पहिचान हुन नसकेको स्थानीय शेर्पाले बताए ।

फक्ताङलुङ गाउँपालिका भित्र कुन-कुन जातको आलु खेती हुँदै आएको छ र कति परिमाणमा आलु उत्पादन हुन्छ भन्ने तथ्यांक नभएको फक्ताङलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख प्रशान्त शर्माले बताए । शर्माका अनुसार आलु उत्पादनको तथ्यांक संकलनका लागि बजेट विनियोजन भएको छ । तर, तथ्यांक संकलन गर्ने काम बाँकी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।