ओलाङचुङगोलाका किसान ‘आलु रोपाइँ’ मा व्यस्त

फुङ्लिङ, २१ चैत । ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो ।

समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसान अहिले आलु रोपाइँमा व्यस्त भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका किसान केल्साङ शेर्पाले जानकारी दिनुभयो । उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य बाली हुँदैन । जिल्लाको हिमाली बस्ती ओलाङचुङगोला चार हजार २०० मिटर उच्चाइमा अवस्थित याङमा, फले, क्याप्लालगायत क्षेत्रमा बसोबास गर्ने किसानको आलु मुख्य खेती हो । एक घर परिवारले २० मुरी (२० पाथीको एक मुरी) अर्थात् एक हजार ६०० केजीसम्म आलुको बीउ रोप्ने गरेको शेर्पाले बताउनुभयो । दश मुरी आलु रोपाइँ गर्दा ९० मुरीसम्म आलु उत्पादन हुने स्थानीय बताउनुहुन्छ ।

हिमाली क्षेत्रमा हिमपात हुन रोकिएपछि आलु रोपाइँको चटारो लाग्ने गर्दछ । चैत महिनामा रोपेको आलु असोज महिनामा खन्ने गर्दछ । घुन्सा र याङमा क्षेत्र आलु बीउको भण्डारणको रुपमा लिन सकिन्छ । यस क्षेत्रमा उत्पादन भएको आलु मङ्सिर र पुस महिनामा आलु व्यापारका लागि घुन्सा क्षेत्रमा उत्पादन भएको आलु याकमार्फ ढुवानी गरेर एक दिन लगाएर फले क्षेत्रमा भण्डारण गर्ने गर्दछ । उता याङमा क्षेत्रमा उत्पादन भएको आलु दुई दिन लगाएर चेने भन्ने ठाउँमा भण्डारण गर्ने गर्दछ । चेनेमा फक्ताङलुङ गाउँपालिकाले आलु भण्डारणका लागि संरचनासमेत निर्माण गरेको छ ।

आलुको बीउ लिनका लागि फक्ताङलुङ गाउँपालिका तल्लो क्षेत्रका किसान, फुङ्लिङ नगरपालिकालगायतका क्षेत्रका किसान तीन÷चार दिन पैदलयात्रा गरेर आलु भण्डारण क्षेत्रसम्म पुग्ने गर्दछ । तल्लो क्षेत्रका किसानले कोदो, मकैजस्ता अन्न लिएर आलु बीउ साट्न आलु भण्डारण क्षेत्रसम्म पुग्ने गर्दा छ । तल्लो क्षेत्रका किसान आलु भण्डारण क्षेत्रमा पुगेर कोदो र आलु साटासाट गर्ने गर्दछ । हिमाली क्षेत्रमा आलुबाहेक अन्य खेतीपाती हुँदैन । यसैले आलु र कोदो, मकैजस्ता अन्नसँग आलु साटासाट गरेको हो ।

आलु भण्डारणको रुपमा रहेको याङमा, घुन्सा, फले क्षेत्रमा गएको दुई वर्षदेखि आलु उत्पादनान ह्रास आएको घुन्साका किसान टासी तेन्जिङले बताउनुभयो । विगतका वर्षहरुमा आलुको हव बनेको याङमा र घुन्सा क्षेत्र दुई वर्षयता आलु उत्पादनमा कमी आउन थालेको छ । आलु उत्पादनमा ह्रास आउन थालेसँगै आलुको बीउ जोगाउन नै मुस्किल हुँदै आएको स्थानीयको भनाइ रहेको छ ।

विगतका वर्षमा याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु बीउ जिल्लाको धेरै क्षेत्र खेती हुने गर्दथ्यो तर आलु उत्पादनमा ह्रास आउन थलेसँगै याङ र घुन्सा क्षेत्रमा मात्र सीमित हुँदै गएको शेर्पाले बताउनुभयो । शेर्पाले भन्नुभयो, “आलु उत्पादनमा कमी आउन थालेको दुई वर्ष भयो । यहाँ उत्पादन भएको आलु बीउ जोगाउन मुस्किल भएको छ । तरकारी खानको लागि मधेसको आलु ल्याएर खाँदै आएका छौँ । आलु बीउको भण्डारण क्षेत्र याङमा र घुन्सा क्षेत्रमा आलु उत्पानमा ह्रास आएसँगै तल्लो क्षेत्रका किसानमा प्रत्यक्ष असर पुगेको छ ।

प्रविधिक ज्ञानको अभाव

याङमा र घुन्सा क्षेत्रका समुदायको प्रमुख खेतीको लागि पुस्तौँदेखि आलु खेती गर्दै आएको हो तर आफूले कुन जातको आलुखेती गर्दै आएको हो भन्ने आफूले थाहा नभएको घुन्साको किसान पेमा शेर्पाले बताउनुभो । उहाँले भन्नुभयो, “हामीले पहिलेदेखि खेती गरेको आलु रातो र सरकारी आलु (सेतो) आलु र पछि एक जनाले सोलुखुम्बु जिल्लाबाट एक पाथी आलुको बीउ ल्याएको थियो । आहिले त्यस आलुलाई सोलु आलु भन्ने गरेको छ ।” स्थानीय आफैँले राखेको नाम हो रातो आलु, सेतो आलु र सोलुसुम्बु जिल्लाबाट ल्याएको सोलु आलु भनेर नामकरण गरेको स्थानीय भनाइ रहेको छ ।

दुई वर्षदेखि निरन्तर आलु उत्पादन ह्रास आइरहेको छ तर के कारणले याङमा क्षेत्र र घुन्सा क्षेत्रमा उत्पादनमा ह्रास आएको हो पहिचान हुन नसकेको स्थानीय शेर्पाले बताउनुभयो । स्थानीय तहमै कृषि प्रविधिक पर्याप्त भए पनि अहिलेसम्म के कारणले आलु उत्पादनमा ह्रास आएको हो चासो दिएको स्थानीयको भनाइ रहेको छ । आलु बीउको भण्डारणको रुपमा रहेको याङमा र घुन्सा क्षेत्रमा स्थानीय सरकारले पनि कुनै योजना र चासो नदिएको स्थानीयको गुनासो छ । फक्ताङलुङ गाउँपालिकाभित्र कुनकुन जातको आलु खेती हुँदै आएको छ, र कति परिमाणमा आलु उत्पादन हुन्छ भन्ने तथ्याङ्क नभएको फक्ताङलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख प्रशान्त शर्माले बताउनुभयो । शर्माका अनुसार आलु उत्पादनको तथ्याङ्क सङ्कलनका लागि बजेट विनियोजन भएको छ तर तथ्याङ्क सङ्कलन गर्ने काम बाँकी छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।