खरबुजाकाे भाउ घट्यो, मारमा किसान

झापा, २१ वैशाख । शिवसताक्षी- ५ का धनकुमार ताजपुरियाले माई नदी बगरको चार विघामा खरबुजा खेती गरेका छन् । उनले वैशाख पहिलो साताबाट खरबुजा बिक्री सुरु गरे । हिउँदभर दुःख गरेर लगाएको खरबुजा राम्रो फलेपछि खुसी थिए, उनी ।

तर, चैत अन्तिम साता आएको असिनाले उनको खरबुजामा क्षति पुर्‍यायो । ‘असिनाले त बर्बाद नै गर्‍यो नि ! निकाल्ने बेला भएको सबै खरबुजा फुटायो । पहिलो लटको त काम नै लागेन,’ उनले न्युज कारखानासँग भने ।

उनले खेतीका लागि बगरमा मलजल गरे । बगरमा ‘पैसा’ फलाउन सकिन्छ कि भन्‍ने आसले दुःख गरे । यहाँ आफ्नो पसिना मात्र खर्च गरेका छैनन् । ताजुरियाले सात लाख रुपैयाँ लागत पनि लगाएका छन् । अहिले बजारमा खरबुजाकाे भाउ एक्कासी घट्दा चिन्तामा छन्, उनी । ‘गत वर्ष यो बेलामा ४०-५० रुपैयाँ केजीमा खरबुजा बिक्री हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त १० रुपैयाँ केजीले बेच्नुपरेको छ ! यसपटक त नाफा त परको कुरा लगानी पनि नउठ्ने खतरा छ !’

शिवसताक्षी-४ का सन्तोषकुमार ताजपुरियाले पनि माई खोलाको बगरमा खरबुजा लगाएका छन् । स्वदेशमै केही गर्ने उद्देश्यले उनले माई खोलाको बगरमा खरबुजा खेती लगाएका हुन् । ‘स्वदेशमै केही गर्नुपर्छ । विदेश जान हुँदैन भन्‍ने लागेर खरबुजा खेतीमा लागेको हुँ,’ उनी भन्छन्, ‘कहिले लकडाउनले समस्या पार्छ । कहिले असिनाले समस्या पर्छ ।’

उनी आफैँ स्थानीय बजारमा खरबुजा बिक्री गर्न लैजान्छन् । गौरादह, गौरीगञ्ज, शिवगञ्जलगायतका बजारसम्म बेच्न लैजान्छन् । आफैँ बेच्न लजाँदा पनि प्रति केजी १० रुपैयाँ मात्र आउने गरेको उनी बताउँछन् । ‘आफैँ बेच्न ल्याउँदा पनि १० रुपैयाँ केजी बेच्नुपरेको छ । एकदम समस्या भएको छ । लगानी पनि नउठ्ने हो कि भन्ने चिन्ता छ,’ उनी भन्छन्, ‘ऋण गरेर ल्याएको पैसा डुब्यो भने त समस्या हुन्छ ।’ सिजनको सुरुवातमा ३० रुपैयाँ केजीसम्म खरबुजा बिक्री भएको उनी बताउँछन् । तर, सुरुमा असिनाका कारण खरबुजा फुटेर बिक्री गर्नै नपाएको उनको भनाइ छ । ‘सूरुमा ३०-३५ रुपैयाँ केजी थियो । अहिले १० रुपैयाँ छ । तर, मूल्य धेरै भएको बेलामा खरबुजा निकाल्नै पाइएन सबै खरबुजा असिनाले फुटायो,’ उनी भन्छन्, ‘यो दोस्रो लटले कतै लगानी त उठाउला कि भनेको भाउ छैन । बजारमा एकैपटक खरबुजा निस्किए । त्यसकारण पनि मूल्य एकैपटक घट्यो । ६ लाख भन्दा धेरै लगानी छ । साथीहरू मिलेर खेती गरेका हौँ । यसपटक लगानी उठ्नै गाह्रो हुने भयो । यसपटक हाम्रो मात्र हैन धेरैको क्षति भयो । हाम्रो त रुवाबासी नै भएको छ ।’

बर्सेनि कुनै न कुनै रूपमा किसानले समस्या भोगेकै छैन । कहिले बाढीपहिरो त कहिले कोरोना महामारी । तर, स्थानीय सरकारले किसानलाई केही सहयोग नगरेको ताजपुरिया बताउँछन् । ‘यस्तो गाह्रो पर्दा पनि स्थानीय सरकारले कहिल्यै सहयोग गरेन ।नगरपालिकामा बझ्दा केही सहयोग छैन भने । स्वदेशमै केही गर्छु भनेर लाग्नु त धेरै गाह्रो पो रहेछ,’ उनले भने । झापाको माई, बिरिङ र मेची नदीको बगरमा स्थानीयले खरबुजा खेती गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।