दुई सय वर्ष पुरानो मन्दिर पुननिर्माणको पर्खाइमा

भक्तपुर, ७ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनर्निमाण हुन नसकेर ओझेलमा परेको छ । लगभग दुई सय वर्षभन्दा बढी पुरानो मानिएको यो मन्दिर भूकम्पपछि कुनै किसिमको जगेर्ना हुन सकेको छैन् ।

स्थानीय निकायको निर्वाचनपछि धेरै ठाउँंमा धेरै विकासको काम भए पनि यहाँंको यो मन्दिर पुनर्निमाणको पर्खाइमा छ । भत्किएर मन्दिरको स्वरुप नै बिग्रिएको छ । परम्परादेखि कृष्ण जन्माष्टमीमा चल्दै आएको ९ मुरी, ९ पाथी, ९ माना र ९ मुठी चामलको भतेर खुवाउने चलन यहाँं थियो । तर, केही समय अगाडि १÷१ माना चामल भए पनि वितरण गरिएको थियोृ । तर, हाल यो कार्य स्थगित भई मन्दिर बेवारिसे अवस्था रहेको स्थानीयले बताए ।

गुठीसँग समन्वय गरी मन्दिरको पुनर्निमाणका लागि नयाँ निर्वाचित स्थानीय जनप्रतिनिधि पहल गर्ने आशा स्थानीय विन्दु घिमिरेले गरे ।

धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी विजयी
धनुषा, ७ जेठ (रासस)ःधनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा केकपा (माओवादी केन्द्र) विजयी भएको छ । नेकपा (एमाले)का अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी हुनुभयो । राजेन्द्रले ४३०४ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहनुभएका अनिलले ४०९४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा भने नेकपा माओवादीकी शोभादेवी साह विजयी हुनुभएको छ । साहले ३३३० मत ल्याउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की अनिता कुमारीले २७९७ मत प्राप्त गर्नुभएको छ ।

सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी
सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका कारीराम यादव प्रमुखमा र रहीमा खातुन उपप्र्रमुखमा निर्वाचित हुनुभएको हो ।

प्रमुखमा निर्वाचित यादवले चार हजार २१२ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साहले चारहजार ०७६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादीकी खातुनले चार हजार ६९९ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले तीन हजार ६०४ मत प्राप्त गर्नुभयो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका जीतनारायण यादव प्रमुखमा र तुलसाकुमारी पाण्डे उपप्रमुखमा निर्वाचित हुनुभएको हो ।

प्रमुखमा निर्वाचित यादवले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा नेपाली कांग्रेसकी पाण्डेले तीन हजार २८३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी गणिताकुमारी महतोले दुई हजार ४२९ मत प्राप्त गर्नुभयो ।

धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस

धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रदीप यादवले चार हजार ४०९ मतका साथ विजयी हुनुभकामा निकटतम प्रतिस्पर्धी लोसपा पूर्वप्रमुख रामज्ञान मण्डलले दुईहजार ८१५ मत प्राप्त गर्नुभयो ।उपप्रमुखमा पनि कांग्रेसकी दुर्गा देवी चार हजार ४६५ मत ल्याएर विजयी हुनुभएकामा निकटतम प्रतिद्वन्द्वी लोसपाकी दिपिका क्षेत्रीले २९०३ मत प्राप्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।