दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, ९ जेठ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

बिहान बागमती र गण्डकीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।दिउँसो देशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई वर्षाको सम्भावना छ। मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता
दाङ, ९ जेठ (रासस) ःदाङ तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतल अग्रता लिनुभएको छ । उहाँले हालसम्म १६ हजार ७९६ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गर्नुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेका उम्मेदवार स्यानी चौधरीले १६ हजार ७९ मत प्राप्त गरेर अग्रस्थान हुनुहुन्छ भने गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले ११ हजार ४४५ मत ल्याउनुभएको छ ।

यसैबीच वडा नं १० मा एमालेका यमराज केसी एक हजार ८७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांगे्रसका धु्रवहादुर शाहले एक हजार २३ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म तुलसीपुरका १० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । हाल तुलसीपुर ११ र १२ को मतगणना जारी छ ।

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ ले मतदान गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।