खानेपानीको हाहाकार

बारा, ११ जेठ । बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित ऐतिहासिक अमलेखगञ्जमा पानीको स्रोत नहुँदा स्थानीयले सधैं सास्ती भोग्नुपर्ने बाध्यता छ । वर्षायाममा फुट्ने स-साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुःख अझै बढ्ने गरेको छ ।

वर्षायाममा धमिले र हिउँदमा सुख्खाका कारणसमेत उनीहरूलाई दु:ख हुने गरेको छ । पानी ओसार्नकै लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नुपर्ने उनीहरूको सधैंको बाध्यता बनेको छ ।

१२३ घरधुरी बासिन्दालाई डोकोमा तल खोलाबाट पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता छ । खानेपानीको समस्याकै कारण स्थानीय बासिन्दा खोलाकै पानी खान बाध्य भएका छन् । खानेपानीको अभावमा यहाँका होटेल व्यवसायसमेत संकटमा पर्न थालेका छन् ।

खानेपानीको लागि न त सरकारले कुनै विकल्प खोजेको छ न त स्थानीय सरकारले नै चासो दिएको छ । स्थानीय तथा केन्द्रीय सरकार दुबैले चासो नदेखाएपछि बाध्य भएर खोलाको पानी नै खाने गरेको स्थानीय कृष्णबहादुर विकले बताए ।

खोला र मुहानको पानी सिधै पिउने गर्दा स्थानीय बिरामी भएका छन् । पिउनसम्म पानीको अभाव रहेको हुदा खोलाको पानी सेवन गर्दा बिरामीसमेत हुनु परेको मायादेवी लामाले बताइन् ।

स्थानीयबासीहरुलाई खानेपानीसम्बन्धी समस्या दिन प्रतिदिन बढ्दै गएको छ । चुरे पहाडकै फेदमा रहेको अमलेखगञ्ज बस्तीमा खानेपानीको समस्या र हाहाकार भएकाे हाे । पानी संकलन गर्न नयाँ बिजौरी, पुरानो बिजौरी, ४ नम्बर पुल छेउ र १ नं. मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।