विद्यालय जाँदै गरेकी बा’लिकामाथि ब’ला’त्का’र प्रयास

खोटाङ, १२ जेठ । विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि ब’ला’त्का’र प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात्रामाथि ब’ला’त्का’र प्रयास भएको हो ।

कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा घर नजिकै यौ’न दु’र्व्यवहारकाे शिकार भएकी हुन् । बालिकालाई खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानले ब’ला’त्का’र प्रयास गरेको प्रहरीले जनाएको छ । चिच्याएर प्रतिकार गरेपछि बालिका जोगिन सफल भएको स्थानीयले बताए ।

स्थानीयका अनुसार छात्राकी आमा खेताला गएकी थिइन् । उनका दाजु धारामा गएपछि बालिका एक्लै विद्यालय जाँदै थिइन् । बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए । बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिँकै खोल्सीमा लगेर ब’ला’त्का’र प्रयास गरेको आफन्तले बताए । कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् तर चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पीडितको भनाइ छ । रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो ।

घटनालगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर माफ मगाएर मिलापत्र गराइएको थियो । तर, अन्य आफन्तको सल्लाहमा पीडित परिवारले इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेपछि आरोपी फरार छन् । पीडित परिवार सिँधै प्रहरी कहाँ पुग्न नसकेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

पिडकविरुद्ध उजुरी परेपछि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले राति नै घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ । थप कानुनी प्रक्रियाका लागि पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आरोपीले यसअघि पीडित बालिकाकी दिदिलाई समेत यौन दुर्व्यवहार गरेको आफन्तकाे दाबी छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।