हजुरआमाको ह’त्या गरेको अभियोगमा नाती पक्राउ

उदयपुर, १२ जेठ । आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको ह’त्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जग्गा अंश बण्डाको विषयमा विवाद हुँदा आवेगमा रोहितले खु’कुरी प्र’हार गर्दा मनमायाको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

ह’त्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले रोहितलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लयमा फर्कंदै डोटीको पर्यटन
डोटी, १२ जेठ (रासस) :कोभिड–१९ को सङ्क्रमणका कारण विगत दुई वर्षदेखि थलापरेको यहाँको होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम अन्त्य भएसँगै यहाँका पर्यटकीय क्षेत्र तथा होटल पर्यटकले धमाधम भरिन थालेका छन् ।

दुई वर्षदेखि महामारीले शिथिल भएको डोटीको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेसँगै यहाँका बजारमा चहलपहल बढ्नुका साथै होटेल, पर्यटन तथा अन्य व्यवसाय सुधारतर्फ फर्किएको डोटी उद्योग वाणिज्य सङघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीले दुई वर्षदेखि होटेल तथा पर्यटन क्षेत्रमा निकै असर गरेको थियो, अहिले महामारी हटेपछि हाम्रो व्यापार व्यवसाय पुरानै शैलीमा फर्किन थालेको छ, अब यस्तो महामारी नआओस् ।”

जिल्लाका व्यवसायीका अनुसार अहिले जिल्लामा स्वदेशी पर्यटकले गतिविधि चलायमान बनाउनुकासाथै यहाँको प्रमुख पर्यटकीयस्थल खप्तडमा विदेशी पर्यटकको आगमन दरमा क्रमिक सुधार आएसँगै व्यापार व्यवासय बढ्न थालेको हो । यहाँका होटेल तथा लजमा पछिल्ले समय पाहुना बढेका छन् होटलमा कार्यक्रम आयोजना हुने क्रम बाक्लिएको वर्षा होटल दिपायल पिपल्लाका सञ्चालक गणेशबहादुर बोहराले बताउनुभयो । “गएको चैत महिनादेखि हाम्रा होटलमा पाहुनाहरुले भरिभराउ भएका छन्, विभिन्न सेमिनार, गोष्ठीले गर्दा व्यापार व्यवसाय पनि राम्रै भएको छ”, उहाँले भन्नुभयो ।

डोटीसहित समग्र सुदूरपश्चिममा पर्यटन गतिविधि तथा व्यावसायिक क्रियाकलाप चलायमान भएसँगै विगत दुई वर्षको नोक्सानीलाई नाफामा परिणत गर्न सहज हुने पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटी मात्र होइन समग्र सुदूरपश्चिममा अहिले स्वदेशी तथा विदेशी पर्यटक भित्रिन थालेका छन्, यसरी नै पर्यटक चलायमान भए कोरोनामा भएको नोक्सानी नाफामा परिणत गर्न सकिने छ ।”

अहिलेको समय यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि अति उपयुक्त समय भएकाले पनि जिल्लामा पर्यटकको सङ्ख्या बढेको उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी नरेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “चैतदेखि असारसम्मको समय खप्तड घुम्ने उपयुक्त समय हो, कोरोना जोखिम टरेकाले अहिले खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या अधिक छ, पर्यटककै कारण यहाँको बजार व्यवसायमा सुधार भएको हो ।”

खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले वैशाख महिनादेखि जेठ १० गतेसम्म स्वदेशी तथा विदेशी गरी कम्तिमा पनि एक हजार बढी पर्यटकले खप्तड क्षेत्रको अनुगमन तथा भ्रमण गरी सकेको जानकारी दिनुभयो । उहाँका अनुसार यातायत आवागमनमा पनि सहज भएको र कोरोना जोखिम पनि घटेसँगै अहिले पर्यटकको प्रमुख रोजाइँ खप्तड निकुञ्ज बनेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।