जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ, गाउँ बस्ती रित्तै

दिलमाया शाही/जुम्ला, १६ जेठ ।जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाकाे मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरू भएपछि जुम्लाका अधिकांस ग्रामिण बस्ती रित्तिएका छन भने पाटन जानेकाे लर्काे लागेकाे छ ।

यार्सागुम्बा संकलनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासीलगायत ग्रमीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ जाने गरेका छन् । १ जेठबाट जुम्ला पातारासी क्षेत्रका युवा मात्रै हाेइन युवायुवती र वृद्धवृद्धासम्म बच्चा बोकेर पाटनतर्फ लागेका हुन् ।

स्थानीय तह निर्वाचन सकिएलगत्तै सबै युवायुवती, वृद्धवृद्धा पाटनतिर गएको पातारासी गाउँपालिका-२ तल्फिका ५९ वर्षीय भैरब बोहोराले बताए । उनले भने, ‘१८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन् । तल्फी हुरीमहरी पेरे गडिगाउँ चौर छुमगाउँ सबैका घरमा ताला लगाएर गएका छन् ।’

खेतिपाती खासै नभएकाले यसले वर्षभरि खान नपुग्ने उनले बताए । यसले गर्दा स्थानीयवासीकाे मुख्य जीविकाेपाजर्नको स्राेत नै जडिबुटी हो । घरको उत्पादनले बाह्रै महिना खाना पुग्दैन । घर खर्चदेखि बालबच्चालाई स्कुल पढाउन लेखाउँन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न जानुकाे विकल्प छैन । बोहोराले भने, ‘मकै, आलु, कोदो, चिन्नु गोड्मेल र घरायसी सबै काम महिलाले गर्दछन् । घरको सबै समान जोहो गर्न यार्साकै भर पर्नु पर्ने अवस्था छ ।

यर्सा टिप्न गएका सबै फर्किँदैन
गाउँमा रोजगारीको कुनै उपाय नहुँदा जीविकाेपार्जनका लागि यार्सा टिप्न पाटन जानेमध्ये लेक लागेरबीच बाटोमै मृत्यु हुने समेत गरेको छ । ‘कसैले अम्दानी गरेर आउँछन्, कसैको ज्यानै गुमाउँछन् ।’ पातारासी-२ का ६८ वर्षीय कालीबहादुर सार्कीले भने, ‘बढ्दो गरिबी र बेरोजगारीको कारणले ज्यानको बाजी राखेर यर्सा संकलन गर्न जाने गर्छन । यार्सा टिप्न सक्नेले ५० हजारदेखि चार लाख सम्म कमाउँछन् ।’ कोही उल्टै ऋण थपेर आउछन् । उनले थपे यो एउटा ठुलो युद्व जित्नु र हार्नु बराबर मानिन्छ । प्रत्येक वर्ष पातारासीका मात्रै होइन जुम्लाका अधिकांस नागरिक ज्यान बाजी राखेर पाटन जाने गरेका छन् ।

पाटन जानुअघि देवताकाे भाकल
पातारासीका कालीबहादुर सार्कीका अनुसार हिन्दुधर्म परम्पराअनुसार पाटन जाने अघिल्लाे दिन घरमा धामीझाँक्री बाेलाएर देवता भाकल गरिन्छ । त्यहि धामीले दिन दिए अनुसार पाटन जाने गरेका हुन्छन । धामीले घर छोडेर जाने दिन, शुभ छ अथावा अशुभ छ सबै जानकारी दिन्छन् । कतिपयत धामीझाँक्रीका विश्वासले घरमै रोकिने गर्छन् । देवतासँग दिन मागेर जाने गरेको भएपछि पाटनमा हुने अक्सिजन अभावले (लेक ) लागेर मर्ने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।