खोटाङको हलेसी तुवाचुङ नगरका माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी

खोटाङ, १९ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी गरेको छ । बिहीबार मेयर बिमला राईको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकले नगरका सबै मावि तहका १२ विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो । अंग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका विद्यालयमा अंग्रेजी माध्यम लागू गर्ने तयारी गरेको हो ।

अंग्रेजी माध्यमबाट पठन–पाठनको पूर्वतयारीमा २० जेठमा ११ वडाका वडाध्यक्ष, १२ माविका प्रअ र विद्यालयल व्यवस्थापन समितिका अध्यक्षसँग छलफल गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । सुरुमा माविबाट अंग्रेजी माध्यम लागू गर्ने र क्रमशः अन्य विद्यालयलाई यसतर्फ अभिप्रेरित गरिने हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले बताइन् ।

‘अंग्रेजी पढाइकै लागि बालबच्चालाई बाहिर निजी विद्यालयमा पठाउने गरिएको छ । स्वयं जनप्रतिनिधि, कर्मचारी, शिक्षक र वैदेशिक रोजगारमा संलग्न परिवारका बालबच्चा निजी विद्यालयमा छन्,’ मेयर राईले भनिन्, ‘सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षणका लागि सुरुमा मावि तहमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्ने निर्णय गरेका हौँ । यसका लागि अधिकांश मावि तयार छन् । जुनसुकै विद्यालयले अंग्रेजीमा पठन पाठन गराउन सक्ने छन् ।’

बैठकले विद्यार्थी संख्या न्यून भएका विद्यालयको समायोजन वा घटुवा गर्ने तथा बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवं शिक्षक व्यवस्थापनका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न सामाजिक विकास समितिका संयोजक एवं शिक्षा समिति सदस्य रुद्रकुमार राईको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ ।

यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा शाखा र प्रअबीच कार्य सम्पादन करार सम्झौता गर्ने, यथाशिघ्र वडा शिक्षा समिति पुनर्गठन गर्ने, चौमासिक रुपमा तलब पाउँदैआएका शिक्षकलाई आगामी आर्थिक वर्षदेखि मासिक रुपमा उपलव्ध गराउने निर्णय भएको शिक्षा शाखा संयोजक पदम कार्कीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।