क्याफेमा साकेला, रमितेको भिड

ललितपुर, १९ जेठ । खुमलटारस्थित सेकुवा भिलेज खचाखच थियो । क्याफेभित्र मात्रै होइन ढोका बाहिर बाटसमेत रमिता हेर्नेकाे भिड उत्तिकै थिए । यो भीड किरातहरूको संस्कृति जर्गेना गर्न आयोजना गरिएको साकेला नाच्ने र हेर्नेको हो । वैशाख पूर्णिमापछि एक महिनासम्म लगातार नाचिने साकेला नाच पछिल्लो समय अन्यबेला पनि देखिन थालेकाे छ ।

साकेला भिलेजका सञ्चालक गणेश राई हरेक वर्ष बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली आयोजना गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘गाउँघरमा नाचिने यो नाचनै हराउने चिन्ता भो । शहरमा आएर सबैले बिर्सेलान् भनेर सुरु गरेको हाे ।’

राईले साकेला भिलेजमा १० वर्षदेखि साकेला नाच आयोजना गर्दै आएका छन् । ‘पहिले साकेला नाच्नेहरु थोरै हुन्थे, त्यसबेला क्याफेमा भिड हुँदैनथ्यो । अहिले भिडले बस्ने ठाउँ हुँदैन ।’ उनले भने । उनका अनुसार उभौली र उधौलीमा क्याफेमा व्यापार पनि धेरै हुन्छ । तर, व्यापारका लागि नगरेकाे साथीभाईसँगै रमाइलो गर्दै कला र सँस्कृति जोगाउन साकेला नाच सुरु गरेको हाे ।

उभौली नचाउने मुखिया कुमार राई नवीन ०४७ सालदेखि काठमाडौंमा साकेला नाच्न सुरु गरेको बताउँछन् । उनका अनुसार ललितपुरको सानो हात्तीवनमा भूमिपूजा गरेपछि वैशाख पूर्णिमामा उधौली सुरु हुन्छ ।

०४७ सालतिर ललितपुरको हात्तीवन र नखिपोट र काठमाडौंको शन्तिनगरबाट सुरु भएको साकेला नाच आजकल शहरको कुना कुनामा पुगेको छ । राई भन्छन्,‘हामीले सुरु गरेको साकेला नाच अहिले शहरको कुना कुना पुगेको छ । हामी भूमिको पूजा गर्छौ ।’ साकेला नाच्नेमा वृद्धवृद्धभन्दा तन्नेरीहररू ज्यादा थिए । डम्फु बचाएर कम्मर कर्माउँदै नाच्ने युवायुवतीहरू किरात भेषभुसामा सझिएका थिए । महिलाहररु नाक, कान, कपाल र गला पहेँलोनै हुने गरेर गहना लगाएका थिए ।

फेरिन थाले गरगहना
साकेलामा लगाइने गरगहना फेरिन थालेको पुजारी कुमार राई बताउँछन् । उनका अनुसार पहिले पहिले सक्कली गर हगना लगाइन्थ्यो । नाक, कान,घाँटी, कपाल र गलामा छपप्कै छोपिनेगरि सुनका गहना लागइन्यो ।

तर, पछिल्लो समय युवा पुस्ताले परम्परागत भेषभुसालाई अंगाल्ने गरे पनि गहना भने नक्कली लगाउने गरेका छन् । राई भन्छन्, ‘महँगीको जमाना आयो । किन्न गाह्रो छ । त्यसैले नक्कली नै चलन चल्तीमा आएको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।