यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृ’त्यु

रुपन्देही, २२ जेठ । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृ’त्यु भएको छ भने १६ जना ग’म्भीर घाइते भएका छन् ।ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।

चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृ’त्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाको कार्यपालिकाले पूर्णता पायो
वीरगञ्ज, २२ जेठ (रासस)ःवीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् । ३२ वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार–चार सदस्य निर्वाचित हुनुभएको हो ।

दलित वा अल्पसङ्ख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद , जसपाका खैरुद्धिन मियाँ धोबी र निरञ्जन प्रसाद सोनार निर्वाचित हुनुभयो । यसैगरी पाँच महिला सदस्यमा पनि सत्ता गठबन्धनमध्येबाट कांग्रेसका कनिका कौशिक, नितुकुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावतीदेवी राजपुतिन र रबुलसन खातुन निर्वाचित हुनुभएको हो ।

कार्यपालिका सदस्यका लागि भएका निर्वाचनमा १६२ मतदातामध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नारायणी अस्पताल आइतबारसमेत सञ्चालनमा

नारायणी अस्पतालले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । सरकारले देशभरका सरकारी सङ्घसंस्था र कार्यालय सातामा दुई दिन शनिबार र आइतबार बन्द गर्ने निर्णय गरे पनि नारायणी अस्पताल भने दैनिक बिरामीको उपचार सेवाका लागि आइतबार बन्द नहुने भएको हो ।

सो अस्पतालमा आइतबारका दिन पनि ओपिडी, शल्यक्रिया, लयाबलगायतका सबै नियमित उपचार सेवा सञ्चालनमा रहने अस्पताल प्रशासनले जनाएको छ । यद्यपि आइतबारका दिन उपचार सेवाबाहेक अन्य प्रशासनिक काम भने बन्द रहने छन् । अस्पताल विकास समितिका अनुसार सेवाग्राही र अस्पतालमा उपचार गराउन आउने बिरामीलाई मध्यनजर गर्दै आइतबारका दिन पनि सबै सेवा नियमितरूपमा सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ ।

सार्वजनिक बिदा दिन खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल व्यवस्थापन पक्षले एक दिन बराबरको अतिरिक्त पारिश्रमकि उपलब्ध गराउने अस्पताल प्रशासले जनाएको छ । इन्धनको खपत घटाउन भन्दै सङ्घीय सरकारले गत जेठ महिनादेखि प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन गरी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । अस्पतालका अनुसार नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही र भारत विहारका कयौँ स्थानबाट गरी दैनिक ५०० बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।