माेटरसाइकलकाे ठक्करबाट घाइते भएका श्रेष्ठको मृ’त्यु, चालक र धनीविरुद्ध जाहेरी

खोटाङ, २३ जेठ । माेटरसाइकलकाे ठक्करबाट घाइते भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठकाे मृ त्यु भएपछि माेटरसाइकल चालक र धनीविरुद्ध सवारी कर्तव्य ज्यान अन्तर्गत जाहेरी परेकाे छ । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते भएका श्रेष्ठको आइतबार निधन भएकाे हाे ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका १७ वर्षीय अभिशेष राईले चलाएकाे माेटरसाइकलले उनलाई ठक्कर दिएकाे थियाे । माेटरसाइकलका धनी भने उदयपुरको त्रियुगा नगरपालिका–१ का सविन राई हुन् । उनीहरू दुवैविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सवारी कर्तव्य ज्यान अन्तर्गतको जाहेरी दर्ता भएको हो ।

आफन्तसहित जिल्ला प्रहरी कार्यालय पुगेका मृ तक श्रेष्ठका अन्तरे भाई रुद्रकुमार श्रेष्ठले सोमबार जाहेरी दिएका हुन् । उनीहरूले घटनाकाे सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीकाे माग गरेका छन् ।

२० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको माेटरसाइकलले सपिङ कम्प्लेक्स अगाडि श्रेष्ठलाई ठक्कर दिँदा ग म्भीर घाइते भएका थिए । उनकाे न्युरो अस्पतालमा उपचारका क्रममा २२ जेठमा निधन भएको थियो । तीव्र गतिमा रहेकाे मोटरसाइकलले पछाडिबाट ठक्कर दिएपछि श्रेष्ठकाे टाउको र छातीमा ग हिरो चो ट लागेकाे थियाे ।

श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष थिए । करिब १५ वर्ष पार्टीको जिल्ला अध्यक्षको भूमिका निर्वाह गरेका उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । जिल्लामा भ्रष्टाचार र बेथितिकाविरुद्ध निडरताका साथ खुलेर बोल्ने र विरोध गर्ने नेताका रुपमा उनी परिचित थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।