बसको ठक्करले सहचालकको मृ’त्यु

चितवन, २७ जेठ । पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृ’त्यु भएको छ । आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु’ भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो । दाहालको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

दुई तिहाइभन्दा बढी पुँजीगत बजेट खर्च हुन बाँकी
म्याग्दी, २७ जेठ (रासस) :चालु आर्थिक वर्ष २०७८/७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको पुँजीगततर्फ ३२.३६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक रामभक्त रानाभाटले बिहीबारसम्म सङ्घीयको चालुतर्फ ८२.७८ प्रतिशत र प्रदेशको चालुतर्फ ४८.४१ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । “तलबभत्ता, प्रशासनिक काम र स्थानीय तहलाई दिइने अनुदानसँग सम्बन्धित चालु बजेटको खर्च सन्तोषजनक छ”, उहाँले भन्नुभयो, “तर पुँजीगत खर्चलाई असारको अन्तमा मात्र नभएर अन्य समयमा पनि कसरी बढाउन सकिन्छ भन्ने बहस हुनुपर्ने देखिन्छ ।”

पुँजीगततर्फ सङ्घीयको रु ५४ करोड २० लाख ८३ हजार विनियोजन भएकोमा हालसम्म रु १० करोड ७६ लाख ९५ हजार ४८६ र प्रदेशको रु ७८ करोड ५३ लाख विनियोजन भएकोमा रु २५ करोड ४० लाख ४५ हजार ५६८ खर्च भएको छ । चालुतर्फ सङ्घीय सरकारले स्थानीय तहलाई दिने अनुदानसहित रु तीन अरब ३४ करोड तीन लाख ७७ हजार ४१४ विनियोजन भएकोमा रु दुई अर्ब ७६ करोड ४८ लाख ६२ हजार ३१४ खर्च भएको छ । चालुतर्फ प्रदेशको रु ४७ करोड ४० लाख ९८ हजार विनियोजन भएकोमा रु २२ करोड ९४ लाख ९७ हजार ४३६ खर्च भएको कोलेनिकाले जनाएको छ ।

समयमा खर्च गर्ने अख्तियारी नआउने, ठेक्का र खरिद प्रक्रिया पूरा गर्न दोस्रो चौमासिकसम्म समय लाग्ने तथा कतिपय भएका कामको भुक्तानी पनि अन्तिम समयमा माग्ने चलनका कारण पुँजीगत बजेट खर्च कम देखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

सङ्घीय कार्यालयमार्फत रु १२ करोड ३४ लाख ११ हजार ६२१ र प्रदेश कार्यालयमार्फत रु दुई करोड ६३ लाख ९२ हजार ७०५ राजस्व सङ्कलन भएको छ । कोलेनिकाले अन्तशुल्क दर्ता र नवीकरणबापत रु तीन लाख २७ हजार ९०० राजस्व सङ्कलन गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।