ब्रा’उनसु’गर सहित २ जना पक्राउ

झापा, असार १ । झापाको मेचीनगर नगरपालिका-१२ हापाडाँगीबाट नियन्त्रीत ला’गूऔ’षध ब्रा’उ’नसु’गर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो स्थानीय २४ बर्षीय सुरज मेचे र २२ बर्षीय जिवन सार्कीलाई ला’गुऔष’ध सहित नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले ८ ग्राम ५२ मिलिग्राम ला’गुऔ’षध ब्रा’उनसु’गर, नगद ७३ हजार, १ थान मोवायल र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ ।

ला’गुऔ’षध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सहकारी बजार विकासको कार्यक्रम अन्तिम चरणमा
चितवन, १ असार (रासस):सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को रु ७४ करोडको कृषि बजारसँग सम्बन्धित परियोजना अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका ६ जिल्लामा सन् २०१८ देखि सुरु भएको उक्त कार्यक्रम यसै वर्षको डिसेम्बरमा सम्पन्न हुँदैछ ।

सहकारी बजार विकास कार्यक्रम, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमद्वारा सञ्चालित यो परियोजना फलफूल तथा तरकारी उत्पादनमा संलग्न कृषकसँग लक्षित छ । सहकारी बजार प्रणालीमार्फत आम्दानीमा वृद्धि तथा जीविकोपार्जनमा सुधार ल्याउन कार्यक्रम केन्द्रित रहेको छ ।

परियोजनाका निमित्त कार्यक्रम प्रबन्धक दीपक ढकालका अनुसार चितवन, धादिङ, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर र नुवाकोटमा यो कार्यक्रम लागू भएको छ । छ जिल्लाका ७१ सहकारीमार्फत कृषकलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गरिएको ढकालले जानकारी दिनुभयो ।

यस कार्यक्रमअन्तर्गत सहकारी संस्थालाई ५२ तरकारी बोक्ने गाडी, ४५ चिस्यान केन्द्र र ५५ सङ्कलन केन्द्रमा सहयोग पु¥याइएको छ । ती संस्थालाई क्षमता अभिवृद्धि, फलफूल तथा तरकारीको सहकारी बजार प्रणाली स्थापना र संस्थागत क्षमता विकासमा सहयोग गरिएको ढकालले बताउनुभयो ।

परियोजनाको ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसबाट १४ हजार ४०० जना प्रत्यक्ष लाभान्वित भएको आयोजनाले जानकारी दिएको छ । कार्यक्रमअन्तर्गत लजिष्टिक, कृषिजन्य प्रविधि तथा बजारीकरणका सामग्री सहकारीहरूलाई प्रदान गरिएको छ । क्षमता अभिवृद्धिका लागि सहकारी व्यवस्थापन, व्यवसाय योजना, लेखा व्यवस्थापन र मूल्य शृङ्खला विकाससम्बन्धी विषयमा तालिम दिइएको छ ।

बीसवटा सहकारी संस्था तथा सहकारी बजारका लागि व्यावसायिक योजना निर्माण गरिएको छ । यसै कार्यक्रमअन्तर्गत काठमाडौँको चावहिल, ललितपुरको महालक्ष्मीस्थानमा सेटेलाइट सहकारी बजार, नुवाकोट, काभ्रे र धादिङमा सहकारी बजार निर्माण गरिएको छ । चितवनको रत्ननगर र राप्ती नगरपालिकामा सहकारी बजार निर्माण गरिएको छ । चितवनकै भरतपुरमा क्षेत्रीयस्तरको सहकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ । यसका लागि रु पाँच करोड ७३ लाख खर्च गरिँदै छ ।

ढकालका अनुसार धादिङको बेनीघाटमा पालिकास्तरीय सहकारी बजारमा सहयोग गरिएको छ । नुवाकोट र मकवानपुरमा घुम्ती सहकारी बजार सुरु गरिएको छ भने कृषि उत्पादन विविधिकरणमा सहयोग गरिएको छ । कार्यक्रममा परेका ७१ कृषि सहकारीलाई एउटालाई रु ३२ लाख हाराहारीको सहयोग गरिएको ढकालले बताउनुभयो ।

कार्यक्रमका जिल्ला संयोजक कृष्ण श्रेष्ठका अनुसार जिल्ला सहकारी सङ्घ परिसरमा निर्माणाधीन क्षेत्रीयस्तरको सहकारी बजार यस क्षेत्रको नमूनाका रुपमा रहने बताउनुभयो । यस कार्यक्रमअन्तर्गत यहाँका नगरपालिकाभित्रका सहकारीमार्फत कृषक लाभान्वित भएको उहाँको भनाइ छ । मार्कण्य केरा उत्पादक कृषि सहकारी रत्ननगरका अध्यक्ष हरिशचन्द्र अधिकारीले परियोजनाले बजारीकरणका लागि एउटा भ्यान, कुलिङ च्याम्बरलगायत सहयोग गरेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।