वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

काठमाडौं, ३ असार । काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङ ‘वसन्त’लाई चाबी हस्तान्तरण गरेर विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे ।

सफा सुनौलो नेपालकी संस्थापक एवं राकेश हमालकी पत्नी सुनिता हालले विद्यालयको लागि दिगो, भूकम्प प्रतिरोधी र भरपर्दो संरचना निर्माण गरेर प्रदान गर्न पाउँदा खुसी लागेको बताएकी छन् । ‘मेरो श्रीमान‍्को सपना पनि शिक्षाका क्षेत्रमा केही गर्ने थियो । आज उहाँकै नामबाट ६ कोठो सुविधासम्पन्न भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन् ।

कार्यक्रममा कानुनी सल्लाहकार अधिवक्ता देवीराम उपाध्यायले सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा काठमाडौंको दुर्गम गाउँमा भवन बन्नु सुखद कुरा भएको बताए। उनले नयाँ भवन बनेसँगै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास लिएका छन् ।

‘लगानीकर्ता आकर्षित बने । इन्जिनियर, ठकेदार सबैले समयमै काम गरे । र, अपेक्षाकृत रूपमा समयमै भवन निर्माण सम्पन्न भयो । यसले विद्यार्थी र शिक्षकमा थप हौसला प्रदान गर्ने छ,’ उपाध्याय भन्छन् ।

विद्यालयका प्रधानाध्यापक तामाङले सबैको सहयोगले स्कुल स्कुल जस्तो भइरहेको बताए । उनले काठमाडौं जिल्लामै रहेर पनि भौतिक संरचना अभावमा समस्या खेपिरहेको विद्यालयलाई नयाँ भवन प्राप्त भएसँगै पठनपाठनमा सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि लामाले अहिलेको आवश्यकता पूर्वाधार निर्माणसँगै प्राविधिक शिक्षाको भएको औँल्याएका थिए । उनले नयाँ भवन विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा समेत दातृ निकायबाट विद्यालयलाई सहयोग हुनेमा आफू आसावादी रहेको धारणा राखे ।

‘अब भौतिक पूर्वाधारसँगै हाम्रा नानीबाबुहरूलाई समयसापेक्ष प्राविधिक शिक्षामा समेत जोड दिनुपर्छ । शिक्षकहरूले समयानुकूल प्रयोगात्मक शिक्षामा जोडिदिनु नै हुने छ । त्यसका लागि दातृ निकाय र स्थानीय सरकारबाट सहयोग हुने नै छ,’ उनले भने । उनले सामाजिक व्यक्तित्व हमालको नाममै भवनको स्थापना गरिनु थप सह्रानीय कार्य भएको बताए । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिका नाममा यस्ताखाले सम्मानको अपरिहार्यता रहेको लामाले बताए ।

दातृ संस्थाका लुईउल्फ ग्राम र जोलाउल्फ ग्रामले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए । उनले आगामी दिनमा पनि विद्यालयलाई आफूहरूको सहयोग रहने बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।