खाँदबारीको सागममा पहिराले एक घर पुरियो

किमाथाङ्का, ६ असार । सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराले एक घर पुरिएको छ । लगातार वर्षासँगै आएको पहिराले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिनुभयो ।

गएराति साढे ८ बजे घर माथिबाट आएको पहिराले राईको घर पुरिएको हो । मानवीय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताउनुभयो । राईको परिवारले भागेर ज्यान जोगाएका छ । पहिराबाट राईको परिवार विस्थापित भएको छ । राईको परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ । पहिराबाट लप्सेका आधा दर्जन घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

पहिराले बर्खे कल्छे, माल्टा, पाङ्ठालगायतका स्थानमा लगाइएको बर्खे धानबालीसमेत पुरिएको छ । पहिरोले खाँदबारी –६ कल्छेबेँशीका रवीन राईको १५ रोपनी खेत र छ माछा पोखरी पुरिएको छ । पहिराले देवेन्द्र घिमिरेको १५ रोपनी र प्रकाश पोख्रेलको १५ रोपनी धान खेत पुरिएको छ । त्यस्तै चन्द्रकुमार मगरको दुई रोपनी धान खेत र माछा पोखरी तथा सचिन राई र पदम मगरको तीन रोपनी खेत पुरिएको छ ।

पहिरोले लाखौ रुपैयाँ बराबरको क्षति भएका वडाध्यक्ष तामाङले बताउनुभयो । क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।