मेघ बहादुरको मेघा परियोजना,बार्षिक २५ देखि ३० लाख सम्म आम्दानी गर्ने लक्ष्य

जीवनप्रसाद राई,सिंधुवा । छथर जोरपाटी गाँउपालिका सिंधुवाका मेघ बहादुर खड्का बिगत ५ बर्ष देखि बडेमाको भिडेखुर्सानी उत्पादन गर्ने कार्यमा दत्तचित्त भएर लागिरहेका छन । जीवनको लामो समय तरकारी खेतीमै समर्पित रहेका उनी पछिल्लो ५ सालदेखि भने भिडेखुर्सानीको ब्यवसायिक खेतीमा लागेका हुन । ५ रोपनी आफ्नै बारीमा र २२ रोपनी जमिन बार्षिक १ लाख तिर्ने गरि भाडामा लिई उनले भिडेखुर्सानीको ब्यवसायिक खेती संचालन गरेका हुन ।

भिडेखुर्सानी नेपाली भान्सामा सदाबहार माग हुने तरकारी हो । अझ यसलाई रेष्टुँरा र होटलहरुमा बाह्रै महिना अनि दैनिक रुपमा माग भईरहेको हुन्छ । यसैले पनि यसको बजारको कुनै समस्या छैन । मेघराज खड्का भन्नुहुन्छ मलाई दैनिक रुपमा १ हजार किलो भिडेखुर्सानीको माग आउँछ तर अहिले मुश्किलले १० देखि १५ किलो मात्रै उत्पादन गर्न सकिरहेको छु । यसैले मैले २२ रोपनी जमिन भाडामा लिई दैनिक रुपमा १५० किलो सम्म उत्पादन गर्ने लक्ष्य राखेको छु ।

उनी भन्छन,म जस्तो धेरै रोपनीमा खेती गर्ने कम्तिमा १० जनाले भिडेखुर्सानी उत्पादन गरेमा मात्रै अहिलेको मागलाई धान्न सकिन्छ । यसैले एउटा बृहत नमुनाका लागि नै मैले १५ लाख रुपियाँ लगानी गरि ३ रोपनी जमिनको एउटै प्लट बनाई टनेलको निर्माण गरि खेतीको शुरुवात गरेको छु । यसबाट अन्य थुप्रै कृषकहरुले शिक्षा लिउन भन्ने मेरो चाहना रहेको छ ।

बार्षिक रुपमा २० देखि ३० हजार वोट भिडेखुर्सानीको बिरुवा रोपेर ७ महिना सम्म नियमित रुपमा आम्दानी गर्नका लागि मैले भिडेखुर्सानीको खेती शुरुवात गरेको छु । यसबाट मैले बार्षिक रुपमा २५ देखि ३० लाख सम्म आम्दानी गर्ने लक्ष्य लिएको छु । २ छोरा र २ छोरीको अभिभावक उनले एक छोरी बिबाहित हुन भने एक छोरा बनबिज्ञान स्नातक, एक छोरी अमिन र एकछोरा पशुबिज्ञान अध्ययन गरिरहेका छन । सबैको खर्च यही भिडेखुर्सानी खेती तथा तरकारी खेतीबाटै गरिरहेको छु मेघ बहादुर खड्काले गर्व गर्दै भने ।

यो सिंधुवा क्षेत्रमा साना तथा ठुला रुपमा टनेलमा भिडेखुर्सानीको खेती गर्ने चलन केही सालयता शुरु भएको छ । यो बिशेषगरि काउली, बन्दा, मुला, गाजर र केराउ उत्पादनका लागि प्रख्याती कमाएको ठाँउ हो । त्यो कामको लागि २०४८–५० सालमा सिप्रेड नामक गैर सरकारी संस्थाले डानिडाको आर्थिक सहयोगमा बेमौसमी तरकारी खेतीमा काम गरेको थियो । त्यही बेमौसमी क्रान्ति नै आजको दिनमा आईपुग्दा यो क्षेत्रमा मेघा तरकारी उत्पादन परियोजनाहरु संचालन हुने श्रेय बन्यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖