यी प्रदेशमा हुनेछ आज भारी वर्षा

काठमाडौं, १३ असार । गत जेठ २२ गते प्रदेश नं.१ मा प्रवेश गरेको मनसुन प्रणाली असार १२ गतेसम्म आइपुग्दा सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । योसँगै देशभर मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारदेखि बिहीवारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आईपुग्ने सम्भावना रहेकोले मनसुन थप सक्रिय हुने देखिएको छ ।

यसको प्रभावले गर्दा मंगलवार देखि बिहिवार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही मंगलबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷झरी पर्ने महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानहरुमा आज भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

मंगलबार राती देखि बुधबार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी धेरै स्थानहरुमा मध्यम वर्षा÷झरी भई केही स्थानहरुमा भारी बर्षा र थोरै स्थानहरुम धेरै–भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷झरी भई यस प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा भारी बर्षाको समेत संभावना रहेको महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷झरी भई एक–दुई स्थानमा भारी बर्षाको समेत संभावना रहेको छ ।

बिहिवार गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷झरी र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

‘तसर्थ मंगलबार देखि बिहिबार सम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव (मभदचष्क ायिध) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ,’ महाशाखाले आज एक विज्ञप्ति जारी गरी भनेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।