धानको महत्व र गरिमा संस्कृतिसँग

राजाराम कार्कीे/काठमाडौँ, १४ असार (रासस): असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औँ धान दिवस मनाइदै छ । विश्वमा झन्डै चार अर्ब जनताको प्रमुख खाद्यान्न बाली चामल हो । धान उत्पादन गर्नेमध्येमा नेपाल १७औँ स्थानमा पर्छ । विश्वका ६४ देशमा धान रोपाइँ हुन्छ । नेपालीको प्रमुख खाद्यान्न बाली चामल हो ।

धानको महत्व र गरिमा संस्कृतिसँग पनि जोडिएको छ । असार पन्धकै दिन नेपालमा दही चिउरा खाने प्रचलन पनि छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणले प्रत्येक वर्षको असार १५लाई धान दिवस मनाउने निर्णय गरेपछि जनस्तरमासमेत स्थानीय कृषि सहकारी संस्था तथा अन्य समूहले पनि औपचारिक रुपले धान दिवस मनाउँदै आएका छन् । यसवर्ष धान दिवसको नारा “धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग” भन्ने रहेको छ । सरकारी आँकडा अनुसार झन्डै ३१ लाख हेक्टर जमिन खेतीयोग्य रहेकामा ४७ प्रतिशत जमिनमा मात्र रोपाइँ हुन्छ । त्यसमध्ये तराई क्षेत्रले हिस्सा ७० प्रतिशतभन्दा बढी स्थान ओगटेको छ । कृषि तथा पशुपक्षी विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ ।

रोपाइँ गर्न प्रर्याप्त पानीको आवश्यकता पर्छ तर अभैmसम्म ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । सिक्टा, महाकाली, बबई, रानी जमरा कुलरिया, र भेरी बबईलगायत राष्ट्रिय गौरवका सिँचाइ आयोजनाले पूर्णता पाउन सकेका छैनन् । नेपालमा अधिकांश स्थानमा धानखेती आकासे पानीमा निर्भर छ । वर्षा नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । राष्ट्रिय योजना आयोगको तथ्याङ्क अनुसार कृषि क्षेत्रको कूल गाहर््स्थ्य उत्पादन २७ प्रतिशत रहेकामा धानको योगदान ११ प्रतिशत छ । धानको उत्पादन घटेको वर्ष कूल गाहर््स्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गाहर््स्थ्य उत्पादनमा सकरात्मक सङ्केत देखिने गरेको छ ।

कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भात खाने आदतमा परिवर्तन नगर्ने हो भने चामलको आयात रोक्न धानको उत्पादन वृद्धिको विकल्प नरहेको जानकारी दिनुभयो ।” विभागका अनुसार संसरमा झन्डै १७ करोड हेक्टर जमिनमा धान खेती हुन्छ । खाद्य एवं कृषि सङ्गठन (एफएओ) का अनुसार सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो । चीन पछि भारत, इन्डोनोेशिया, भियतनाम, थाइल्याण्ड बङ्गलादेश, म्यान्मार, , फिलिपिन्स, ब्राजिल, जापान, पाकिस्तान, कम्बोडिया, संयुक्तराज्य अमेरिका, दक्षिण कोरीया, मिश्रपछि नेपाल अर्थात नेपाल विश्वको १७औँ धान उत्पादन गर्ने देश रहेको बताइएको छ ।

नेपालमा चैते, बर्षे र घँैया, भदैया र हिउँदेधान खेती गरिन्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्ला हो । झापालाई सरकारले धान उत्पादनको सुपर जोन घोषण गरी लागू गरेको छ । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्ष देखिको तथ्याङ्कलाई विशलेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोव्बरले वृद्धि गर्ने घोषण गरेको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालको हालको जनसङ्ख्या (झन्डै तीन करोड) जनतालाई पु¥याउन ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ तर नेपालको उत्पादन भने जम्मा ५३÷५४ लाख मेट्रिक टनमा सीमित छ । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । धान गै्रमिनी (घाँस) प्रजाति अन्तर्गतको बाली हो ।

हाल नेपालले प्रतिवर्ष रु ३० अर्बको चामल आयात गर्दै आएको छ । नेपालीको क्रयशक्तिमा भएको बढोत्तरीका कारण पिठोको सट्टा चामल खाने आदत बढ्दै गएको छ । फलस्वरुप मसिना तथा बास्नादार (बास्मती) चामलको आयातमा वृद्धि हुँदै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिकरुपमा समेत महत्व छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ८२ जातका धानको विकास गरेको छ । जस्मा ४२ जात हाइब्रिडका छन् ।

नेपालमा अघिल्ले वर्षको तुलनामा शून्य दलमलव दुई छ प्रतिशतका दरले धानखेती वृद्धि भए पनि उत्पादन भने आठ दशमलव शून्य चार प्रतिशतले घटेको छ । क्षेत्रफल बढे पनि उत्पादन घट्नुमा किसानलाई समयमा रासायनिक मल तथा बीऊ तथा सिँचाइ सुविधा सहज नहुनु, युवा जनशक्ति खेती गर्नबाट पलायन हुनु, आदि कारणले धानको उत्पादनमा गिरावट आएको हो । नेपाल कृषि प्रधान देश हो । हाल ६२ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ।

आज भन्दा ठीक ५४ वर्ष पहिले अर्थात विसं २०२५ मा झन्डै ९३ प्रतिशत जनता कृषि पेशामा संलग्न थिए । चवन्न वर्षपछि कृषि पेशामा लाग्ने जनसङ्ख्या ३१ प्रतिशतले घटेको छ । सरकारले धान उत्पादन वृद्धिका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धानबालीका लागि पकेट, ब्लक, जोन तथा सुपर जोन जस्ता विशिष्टकृत उत्पादन क्षेत्र निर्धारण गरी त्यस्ता उत्पादन क्षेत्रमा धानबालीको व्यवसायीकरण यान्त्रिीकीकरण तथा औद्योगिकीरणलाई प्रवद्र्धन गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।