बेंसीसहर-चामे सडक एक साता बन्द हुने

लमजुङ ,२२ असार । मनाङ जाने एक मात्र बेंसीसहर-चामे सडक एक साता बन्द हुने भएको छ । सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि बिहीबार बिहान ८ बजेदेखि एक साता बन्द हुने भएको हो ।

डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले बुधबारदेखि सडक बन्द गर्ने भने पनि आर्थिक वर्षको मसान्त भएकाले सरकारी काममा समस्या हुने भएकाले बिहीवारदेखि सडक बन्द गरिने बताए ।

सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक सातासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्नेछ । उक्त सडक निर्माणका लागि संघीय सरकारले ६० लाख छुट्याएकाे छ । श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ ।

२०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो ।सेनाले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । ६५ किलोमिटर दूरीको बेशीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । बर्खायाममा उक्त सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।