प्रदेश १ कै सबैभन्दा ठुलो ड्रागनफल फर्म
जीवनप्रसाद राई । नेपालमा पछिल्लो समय ड्रागनफल खेतीको ब्यवसायिक बिस्तार तिव्रगतिमा अघि बढिरहेको छ । २०७० मंशिरमा हिमालखबर पत्रिकाले डा जगन्नाथ राईको करेसाबारीको रुपमा रहेको ड्रागनफलको स्टोरी छापेपछि यसले ब्यवसायिक रुप लिएको हो । हाल नेपालमा यसको ब्यवसायिक बिस्तार गर्न सफल ब्यक्तिहरु डा सुर्य पाण्डे काभ्रे, भेषमान श्रेष्ठ काभ्रे, अमर राई धनकुटा, लोकेन्द्र बिष्ट मगर दाङ, केशर गुरुङ प्युठान, कृपासुर घले सुनसरी, सुर्यमान तामाङ चितवान, शिवा बान्तवा सुनसरी, बासु ढकाल सुनसरी र हरि राई सुनसरी हो ।
हरि राई धनकुटा जिल्लाको साँगुरीगढी गाँउपालिका अहालेका स्थायी बासिन्दा हुन । लामो समय राजनीतिमा रहेर काम गरिरहेका उनी पछिल्लो समय ब्यवसायिक कृषिमा जोडले लागिपरेका छन । सागँरीगढी गाँउपालिकामा एभोकाडोको ब्यवसायिक रुपमा खेती समेत गरेका उनको बारीमा हाल २५ बोटले फल दिईरहेका छन । १५० बोटले फलदिने अवस्थामा रहेको कुरा उनी बताँउछन । पुर्खौली सम्पत्तिको रुपमा रहेको सुनसरी कालाबन्जरको जमिनमा उनले ड्रागनफलको ब्यवसायिक बिस्तार गरेका हुन । २०७३ सालमै हुलाक धारापानी कृषि फर्म बिधिवत रुपमा दर्ता गरि कृषिको ब्यवसायिक संचालनमा ल्याएका हुन ।
२०७५ सालमा पहिलो लट, ०७६ मा दोस्रो लट, र ०७७ मा तेस्रो लट गरि डेढ बिगाहमा ड्रागनफलको खेती बिस्तार गरेका हुन । कुनैपनि कार्य गर्नका लागि सबैभन्दा घरकै सदस्यलाई नै कन्भिन्स गर्नका लागि समस्या हुने रहेछ । उनको बिगतमा यसको खेती शुरु गर्ने बेलामा भोगेको समस्या सम्झदै भने । पारिवारिक समस्याकै कारणले मैले शुरुमा १०० पिलरको मात्रै काम गरे । यो फलेर पैसा आउन थालेपछि साढे ६ बिगाह जमिनमा फल्ने धानभन्दा २ कठ्ठाको ड्रागनफलबाट बढी आम्दानी भएपछि बल्ल आफ्ना परिवारका सदस्यहरु कन्भिन्स् भएका हुन । यसपछि परिवारको अनुमतिमै थप बिरुवा रोपाईको बिस्तार गर्दै डेढ बिगाह जमिनमा ब्यवसाय बिस्तार गरेका छु ।
हरि राईले उत्साहित हुदै भने गतसाल मैले ३ लाख रुपियाँको ड्रागनफल बेचेकोमा यससाल ९ लाख रुपियाँको कम्तिमा पनि बिव्रmी हुने बताउँछन । उनको फर्मलाई अनुसन्धान केन्द्र तथा स्रोत केन्द्रको रुपमा स्थापित गर्नका लागि उनी लागि परेको बताउँछन । उनको फर्मको बिशेषता हो बिभिन्न रुपमा तयार पारिएको अर्गानिक मलको भण्डारण र त्यसै मलको प्रयोगबाट एकै बोटबाट धेरै मात्रामा ड्रागनफलको उत्पादन भईरहेको बताएँ । त्यो मलको सुष्म अनुसन्धान भईरहेको र यो मलबाट थप सोचे जस्तो उत्पादन लिन सके यो मललाई समेत ब्राण्डिङ गर्ने योजना रहेको सुनाए ।
राईले ड्रागनफलको खेती मात्रै गरेका छैनन । त्यो फलको मुनी खेती गर्न सकिने अन्य बालीहरु जस्तै बेसार, कुरिलो र ढैचा जस्ता बालीहरुको समेत तले खेती गरेर राम्रो फाईदा निकालेका छन । आवश्यक पर्ने पानीको लागि उनले दुईवटा राम्रो पोखरीको निर्माण गरेर पानीको लागि जोहो गरेका छन ।
उनको भावी योजना:
ब्यवसायिक रुपमा ड्रागनफलको योजना सफल भईसके पछि उनको उपलब्ध ६.५ बिगाह जमिनमा दोस्रो चरणको ड्रागनफल बिरुवा रोपाईका लागि तयारीमा लागेका छन । त्यसका लागि कम्तिमा ६ हजारवटा पिलर आवश्यकता पर्ने बताएँ । यसपछि तेस्रो लटको लागि १० बिगाहमा ड्रागनफलको खेतीको लागि समेत योजना बनेको र त्यसको लागि १० हजार पिलरको आवश्यकता पर्ने बताए । त्यसपछि आफु संग २० हजार पिलर हुने र न्युनतम मुल्यमा ड्रागनफल बेच्दा समेत बार्षिक रुपमा ४ देखि ५ करोड सम्म आम्दानी हुने सबै खर्चमा करोड रुपियाँ बार्षिक रुपमा खर्च हुने कुरा बताउनुभयो । उनको निकटतम सहयोगी तथा ब्यवस्थापकको रुपमा अर्जुन कार्कीले सघाईरहेका छन । भने यस फर्ममा उनको लगानी ५० लाख भन्दा बढी भईसकेको र अब बार्षिक रुपमा १५ लाख भन्दा बढीको आम्दानी दिन थालेको सगर्ब राईले बताउनुभयो ।







