खोटाङमा कुकुरको आ’तंकः तीन महिनामा ८९ घाइते

खोटाङ, १२ साउन । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ ।

गत वैशाखदेखि हालसम्म कुकुरको टो’काइबाट ८९ जना घाइते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाइते भएका हुन् । गम्भीर घाइते ६ जनालाई काठमाडौं रेफर गरिएको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।

केही दिनअघि ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा घर पालुवा कुकुरले ५ जनालाई टोकेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क रैकरमा भैंसी, गोरु र खसीलाई कुकुरले टोकेर घाइते बनाएको छ । कतिपय घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कतिपय कुकुरले घर पालुवा पशु तथा चौपायलाई गोठमै गएर आ’क्रमण गर्नेगरेको स्थानीय बताउँछन् । हुल बाँधिएर हिड्ने कुकुरले खसी, गोरु, गाई, भैंसी, भेडा लगायतलाई आक्रमण गर्नेगरेका छन् । गत चैतमा ऐसेलुखर्कको चित्रेमा कुकुरले टोकेको भैंसी र गोरु म’रेको राजभण्डारीले बताए ।

कुकुर आ’तंकका कारण गाउँपालिकाबासी त्रसित छन् । बेवारिसे अवस्थामा हिँडडुल गर्ने कुकुरले टोक्न थालेपछि विद्यार्थीलाई आवत–जावत गर्न, स्थानीयलाई हाटबजार गर्न, मेलापात जान समस्या हुन थालेको छ । कुकुरको आतंक बढेसँगै गाउँपालिकाले १० साउनमा बिज्ञाप्ती जारी गर्दै घर पालुवा कुकुरलाई बाँधेर राख्न, साँझको बेला हिँडडुल गर्दा सावधानी अपनाउन, आफ्नो सुरक्षा आफै गर्न आव्हान गरेको छ ।

कुकुरले टोक्न थालेपछि वडा–वडामा कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।