मिसेस एण्ड मिस गुरुङ -२०२२ बन्न सफल भए निलम गुरुङ र ईशा गुरुङ

काठमाडौं । मिसेस एण्ड मिस गुरुङ सिजन ३ -२०२२ को ताज पहिरहन सफल भएका छन् मिसेस निलम गुरुङ र मिस ईशा गुरुङ ।

त्यसैगरी मिसेस गुरुङ तर्फ फर्स्ट रनरअप सिमा गुरुङ, सेकेन्ड रनरअप शर्मिला गुरुङ, थर्ड रनरअप पबी गुरुङ, मिसेस ट्यालेन्ट शर्मिला गुरुङ, मस्ट पपुलर, फोटोजेनिक, फेसबुक च्वाइस सिता गुरुङ, भिउर्स च्वाइस, कन्फिडेण्ट सिमा गुरुङ, अर्गनाइजर च्वाइस, हार्डवर्किङ्ग हेमा गुरुङ, पर्सनालिटी पबी गुरुङ, ईटेलिजेण्ट निलम गुरुङ, ईनोसेण्ट माया गुरुङ, फ्रेण्ड्लि लक्ष्मी गुरुङ, बेष्ट स्माइल शर्मिला गुरुङ र एक्टिभ निलम गुरुङले उपाधि जितेका थिए भने मिस तर्फ फर्स्ट रनरअप, हार्डवर्किङ्ग सुखिना गुरुङ, सेकेण्ड रनरअप, भिउर्स च्वाइस, फेसबुक च्वाइस, बेष्ट स्माइल सन्ना गुरुङ, थर्ड रनरअप, मिस फोटोजेनिक, पर्सानलिटि दीपशिखा गुरुङ, मिस ट्यालेन्ट, कन्फिडेण्ट, मस्ट पपुलर, फ्रेण्ड्ली ईशा गुरुङ, अर्गानाइजर च्वाईस, डिसिप्लिन सितल देबी गुरुङ, ईण्टेलिजेण्ट अश्मिता गुरुङ, इनोसेन्ट मिन्खु गुरुङ र मिस एक्टिभ मिना गुरुङले उपाधि हात पारेका थिए। बिजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भएका थिए ।

प्रमुख अतिथि उपसभामुख पुष्पा भुसालको प्रमुख आतिथ्यतामा ओपेरा हाउसमा सम्पन्न भएको उक्त प्रतियोगिता बिगत ३ बर्ष देखि एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, निर्मात्री तथा कलाकार सबिता गुरुङ , केशब थापा, आनन्द गुरुङ, अशोक तामाङ आकृति तामाङ र एमबी गुरुङ रहेका थिए । त्यसैगरी बिशेष अतिथिहरुमा नेपाली कांग्रेसका नेता रामहरी खतिवडा, सिता गुरुङ, महिन्द्र लिम्बु, पूर्व मन्त्रि दिलमान पाख्रिन, पूर्व मन्त्रि यसोदा कुमारी लामा, मनमाया गुरुङ, डा. विकेश लामिछाने, उमेश जंग रायमाझी र टेक बहादुर बिक रहेका थिए।

गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी/व्यवसायिक महिला दिदि-बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको मिसेस एण्ड मिस गुरुङ -२०२२, सिजन ३ समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य रहेको आयोजक तथा एस के ईन्टरटेनमेन्टकि अध्यक्ष शान्ता तामाङले जानकारी गराएकी छिन। प्रतियोगिताको संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।