खोटाङमा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा

खोटाङ, २५ साउन । जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक सय ८४ मुद्दामध्ये एक सय ३८ मुद्दा फछ्र्योट भएको छ भने ४६ वटा मुद्दा आर्थिक वर्ष २०७९/८० का लागि जिम्मेवारी सरेको जनाइएको छ ।

गत वर्षको तुलनामा यस वर्ष सम्बन्धविच्छेद गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामाकान्त यादवले जानकारी दिनुभयो । “आव २०७७/७८ मा ७० मुद्दा दर्ता भएको थियो”, उहाँले भन्नुभयो, “जिल्लामा सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ ।”

दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि हुँदै जानुको मुख्य कारण गरिबी देखिएको छ । जिल्लाका अधिकांश महिला आफूले भनेअनुसार खान, लाउन नपाएको तथा श्रीमान् वैदेशिक रोजगारीमा गएको समयमा सासू–ससुराले हेरविचार नगरेको भन्दै सम्बन्धविच्छेद गर्न अदालत पुग्ने गरेको पाइएको छ ।

मादक पदार्थ सेवन तथा झैझगडाका कारण पनि सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि भएको पाइएको श्रेस्तेदार यादवले बताउनुभयो । “कतिपय सम्बन्ध एक वर्ष पनि टिक्न नसकेको देखिएको छ”, उहाँले भन्नुभयो, “आफूखुसी विवाह गरेका २० वर्ष उमेर समूहका तथा मागी विवाह गरेर ४५ वर्षसम्म श्रीमान्÷श्रीमती मिलेरसँगै जीवन बिताएका जोडीहरूसमेत सम्बन्धविच्छेद गर्न अदालत आउने गरेका छन् ।”

पछिल्लो समय कानुनीरूपमा मात्रै सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको अधिवक्ता कुवीरकाजी राईले बताउनुभयो । “केही जोडीहरू युरोपियन मुलुक जानका लागि सहमतिमै सम्बन्धविच्छेद गर्छन् । तर उनीहरुको आपसी सम्बन्ध बिग्रिएको हुन्न”, उहाँले भन्नुभयो, “श्रीमान्÷श्रीमती दुवैले हामी सम्बन्धविच्छेद गर्न तयार छौँ भनेपछि सहयोग गर्नुप¥यो ! तर, उनीहरुले कानुनीरूपमा मात्रै सम्बन्धविच्छेद गरेका हुन्छन् ।”

यसैबीच जिल्ला अदालत खोटाङमा गत आव २०७८/७९ मा विभिन्न शीर्षकमा तीन सय १९ मुद्दा दर्ता भएको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको एक सय २९ गरी चार सय ४८ मुद्दा हेरिएकामा दुई सय ६९ मुद्दा फछ्र्योट भएको छ भने एक सय ७९ मुद्दा आव २०७९÷८० का लागि जिम्मेवारी सारिएको छ ।

सम्बन्धविच्छेदमा एक सय ८४, अङ्शवण्डामा ३६, अपुतालीसम्बन्धी एक, जग्गासम्बन्धी दुई, लेनदेनसम्बन्धी १६, लिखत बदरसम्बन्धी १३, मानाचामलसम्बन्धी ११, भूमिसम्बन्धी एक मुद्दा दर्ता भएका छन् । यस्तै राज्यविरुद्धको कसुर एक, हातहतियार तथा खरखजना १४, बहुविवाह सात, बालविवाह एक, कर्तव्य ज्यान १३, ज्यान मार्ने उद्योग १२, आत्महत्या दुरुत्साहन एक, जबर्जस्ती करणी १६, हाडनाता करणी ११, जबर्जस्ती करणी उद्योग १०, बाल यौन दुरुपयोगसम्बन्धी आठ मुद्दा परेका छन् ।

चोरी तथा डाका कसुरमा २३, ठगी दुई, आपराधिक प्रवेश चार, पशुपक्षीसम्बन्धी कसुर पाँच, नागरिकता कसुर एक, लागुऔषधसम्बन्धी कसुर चार, सवारी ज्यान वा अङ्गभङ्ग १६, कुटपिट वा अङ्गभङ्ग, जालसाजी पाँच, लुटपाट एक, गाली बेइज्जतीसम्बन्धी कसुर १६ र चेक अनादरसम्बन्धी चार वटा मुद्दा जिल्ला अदालतको तथ्याङ्कमा उल्लेख छ । आव २०७८÷७९ मा अदालतमा दर्ता भएका ६० प्रतिशत मुद्दा फछ्र्योट भएको श्रेस्तेदार यादवले जानकारी दिनुभएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।